राजबल्लभको कविता संग्रह ‘औरा’ सार्वजनिक

काठमाडौं । अभिनेता राजबल्लभ कोइरालाले आफ्नो छोरीको नाममा कविता संग्रह ‘औरा’ सार्वजनिक गरेका छन्। कोइराला अभिनित चलचित्र `एक्टर-टेकवान´ हलमा प्रदर्सन भैरहेको छ।

पोखराका कोइराला हाल अमेरिका बस्छन् । लामो समयपछि उनी चलचित्रमा कम्ब्याक भएका हुन् । चलचित्र अभिनय भन्दा अगाडी रेडियो प्रस्तोता रहेका कोइरालाको पहिलो कविता संग्रह भने पहिलो हो। ‘औरा’ सार्वजनिक गर्दै अभिनेता कोइरालाले कृति छोरीलाई उपहार स्वरुप तयार गरेको जानकारी गराए।

उनले कार्यक्रममा भने,-‘कोभिड पछाडि अचानक के महसुस भयो भने हामी जति बेला पनि यो दुनियाँमा नरहन सक्छौं। मैले माया गर्ने छोरी औराका लागि र मलाई माया गर्ने शुभेच्छुकको सम्झनाका लागि केही छाडेर जाऊँ भन्नका लागि यो कविता संग्रह आएको हो।’

अभिनेता कोइरालाको कविता संग्रहको कवि विप्लव प्रतीक, सञ्चारकर्मी दिलभुषण पाठक, निर्देशक दीपाश्री निरौला र प्रकाशक साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले विमोचन गरेका थिए। कविता संग्रहमा १ सय ११ वटा कविता छन्।

शब्द मिडिया प्रालिले प्रकाशन गरेको पुस्तकको मूल्य ४५० रुपैयाँ रहेको छ। चलचित्र प्रदर्शनको लागि प्रीमियर हुनु दुई दिन अघि उनी नेपाल आएका हुन् । कोइराला अमेरिकामा बैंक जागिरे छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय