‘०८४ अघि नै कांग्रेसको महाधिवेशन’-महामन्त्री थापा

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको निर्वाचनअघि नै नेपाली कांग्रेसको १५औं महाधिवेशन हुने दाबी गरेका छन् ।

आज (शनिबार) काठमाडौं महानगर-७ को वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले कुनैपनी बहानामा महाधिवेशन पछाडि सार्न नसकिने बताएका हुन् । उनले महाधिवेशनको मितिबारे कुनै कन्फ्यूज नहुन समेत नेताकार्यकर्तालााई आग्रह गरे ।

महामन्त्री थापाले केही नेताहरुले २०८४ को चुनावपछि महाधिवेशन गरे हुन्छ भनेर बोलिरहेको स्मरण गराउँदै त्यसो गर्न नमिल्ने बताए । २०८४ को निर्वाचनअघि नै महाधिवेशन हुने उनले दोहोर्‍याए ।

त्यस्तै, महामन्त्री थापाले पार्टीका मन्त्री र जनप्रतिनिधिहरूलाई राम्रो अंकल ल्याउने गरी काम गर्न आग्रह गरे । आफैं सत्तामा भएर यो भएन, त्यो भएन भन्न नमिल्ने उनको भनाइ छ । उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र सरकारमा सहभागी मन्त्रीहरुलाई ०८४ मा गरौंला भनेर नपर्खिन र परिणाममुखी काममा लाग्न आग्रह गरे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय