पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोल, डिजेल/मट्टितेल तथा हवाइ इन्धनको मूल्य बढेको हो ।

पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढेको हो । हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि अमेरिकी डलर ४३ का दरले मूल्यवृद्धि भएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६५ रुपैयाँ पर्छ ।

सुर्खेत र दाङ क्षेत्रमा १६४ र अरु क्षेत्रमा १६२ रुपैयाँ ५० पैसा पर्नेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय