डिभोर्स : गायिका एलिनाले दर्ता गरिन् अदालतमा मुद्दा

काठमाडौं । चर्चित गायिका एलिना चौहानले श्रीमान् विष्णु सापकोटासँग सम्बन्धविच्छेद (डिभोर्स)गरिपाऊँ भनि अदालतमा फिरादपत्र दायर गरेकी छिन्।

उनले काठमाडौं जिल्ला अदालतमा कानुनी रुपमा हुने मानाचामल र अंशबण्डा नमागी सम्बन्धविच्छेद मात्र माग गरेर मुद्दा  दर्ता गरेकी छन् । उनले आफन्त र साथिहरुलाई पनि श्रीमान बिष्णुसँग ‘एक सुको’ नलिइ डिभोर्स गर्न लागेको बताएकी छन् ।

काठमाडौं जिल्ला अदालत स्रोतले पनि एलिनाले सम्बन्धविच्छेद मात्रै माग गरेको र फिरादपत्र दायर दायर गर्दा अन्य कुनै मागदाबी नभएको जनाएको छ।

गायिका एलिनाले वारेस मार्फत फिरादपत्र दायर गरेको र त्यसमा मानाचामल र अंशबण्डा केही नमागेको अदालतको भनाइ छ।’उहाँले केवल सम्बन्धविच्छेद गर्न चाहेको मात्रै उल्लेख गर्नुभएको छ,अन्य मागदाबी छैन’-स्रोतले भनेको छ।

पछिल्लो समय एलिना यहि बिषयमा तनावग्रस्त देखिन्छन् । उनले ओसोमा केही समय ध्यान समेत गरेर फर्केकी हुन् । नजिकका साथीहरूसँग उनले श्रीमानको यातना बारे समेत बोल्ने गरेकी थिइन् ।झापाकी एलिना र बाग्लुङका विष्णु सापकोटाले यसैबर्षको सुरुमा धुमधामसँग बिहे गरेका थिए। बिष्णुले झापासम्म जन्ती लगेर बिहे गरि एलिनालाई बागलुङ घरमै भित्र्याएका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय