विपिन जोशीको रिहाईको लागि कांग्रेस सभापति देउवाको चासो

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हमास बिद्रोहीले बन्दी बनाइराखेको विपिन जोशीको रिहाईमा चासो देखाएका छन् ।
नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको आयोजनामा सुरु भएको “नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन”को सानेपामा उद्घाटन गर्दै देउवाले यस्तो चासो राखेका हुन् ।
सभापति देउवाले आफ्नो मन्तव्य मार्फत विपिनको चासो सहित रिहाईको लागि आग्रह गर्दा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास पनि सोही कार्यक्रममा उपस्थित थिए।
‘महामहिम इजरायली राजदूतमार्फत जो अहिले इजरायलमा शान्ति प्रक्रिया सुरु भएको छ, त्यसमा हामासले कब्जामा राखेको विपिन जोशीलाई छुटाउन पनि मदत हुनेछ भन्ने विश्वास लिएको छु,’ देउवाले भने, ‘मलाई आशा छ, उहाँलाई छुटाउने काममा सबै लाग्नेछौं। महामहिम इजरायली राजदूत पनि लागि रहनु भएकोछ। फेरि पनि त्यसमा लाग्नु हुनेछ भन्ने विश्वास लिएको छु।’

