चलचित्र ‘डोरी’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं।आगामी चैत २५ देखि प्रदर्शन हुने फिल्मको पोस्टरले पात्र र कथावस्तुको झलक प्रस्तुत गरेको छ ।

सार्वजनिक भएको पोस्टरमा फिल्मका मुख्य कलाकार प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले लगायतलाई माला आकारमा  देखाइएको छ। पोस्टरको केन्द्रमा अभिनेत्री अन्जना बराइलीलाई पारम्परिक पोसाकमा मुस्कानसहित देखाइएको छ, जसले फिल्मको सांस्कृतिक पृष्ठभूमिको सङ्केत गर्छ ।

पोस्टरमा मुख्यत दुई पात्रहरूलाई विशेष रोचक ढङ्गले प्रस्तुत गरिएको छ। एक पात्रले हास्यव्यङ्ग्य झल्काउने भावमा छ भने अर्को पात्र अत्यन्त आक्रोशित मुद्रामा देखिन्छ । यसले कथावस्तुमा हास्य, सङ्घर्ष, र गम्भीर भावनाहरूको मिश्रण रहेको सङ्केत दिन्छ ।

‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन्। फिल्मका निर्माता दिनेश भट्टराई हुन् । यसैगरी कार्यकारी निर्माताको रूपमा राज थापा छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय