चलचित्र “द्रौपदी” चैतमा प्रदर्शन हुने

बहुप्रतिक्षित चलचित्र द्रौपदी को टिजर रिलिज गरिएको छ। आगामी चैत ८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र द्रौपदी ऋषिराज आचार्यको चलचित्र हो।

कर्णालीको डोल्पा स्थित ‘शे-फोक्सुण्डो’ ताल लगायत कर्णालीको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यो चलचित्र झन्डै ४ बर्ष लगाएर निर्माण गरिएको हो।अहिलेसम्म कुनैपनी चलचित्र छायांकन नभएको एकदमै रमणीय भर्जिन स्थलहरुमा सतेत यो चलचित्रको छायांकन भएको छ ।

अहिले सार्बजनिक भएको १ मिनेट ३७ सेकेन्डको टिजर एक महिला पात्रको वरिपरि घुमेको देखिन्छ । महिला संबेदनामा बनेको देखिने यस चलचित्रले एक अर्गानिक अनि गम्भीर बिषय उठाएको शंकेत गरेको छ । चलचित्र द्रौपदी अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण गरिएको निर्माण पक्षको भनाइ छ।

चलचित्रमा आश्विनी शाही, रबि ओड, कविराज भाम, जेल्सन अधिकारी , सुजाता तिमल्सिना , बिस्णु ठडराई ( सुबास ) , प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय रहेको छ ।

चलचित्रमा कथा, पटकथा, सम्बाद गीत तथा निर्देशन ऋषिराज आचार्यको रहेको छ । चलचित्रको गीतमा रबि ओड र इन्द्रकला राइको आवाज रहेको छ भने ऋतु आचार्य र सुबास ठडराई सह निर्माता हुन् । आर बि मुभिजमा बनेको चलचित्रका निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय