शिल्पालाई गौरिघाटको ४ करोड पर्ने घर दिएर छविले मुद्दा टुंग्याए
काठमाडौं । अभिनेत्री शिल्पा पोख्रेलले काठमाडौं गौरीघाटमा रहेको निर्माता छवि ओझाको ४ करोड पर्ने घर अंसमा लिएर डिभोर्सको मुद्दामा मिलापत्र गरेकी छन् ।

शिल्पाले घर पाएसँगै उनीहरुबीच झण्डै ५ बर्षदेखी चलिरहेको मानाचामलको मुद्दा टुंगिएको छ। शिल्पाले उक्त घरमा थप ४० लाख खर्छ गरेर नयाँ स्वरुप दिएको र त्यहीँ बस्न थालेको बुझिएको छ। शिल्पाले घर लिएपछि छवि भने डेरामा बस्न थालेका छन् । यद्यपि छवि धेरैजसो इटहरी बस्दै आएका छन् ।

यो मुद्दा चलीरहँदा छविको सबै घर जग्गा र बैंक खाता समेत रोक्का रहेको थियो।शिल्पालाई सम्पत्ति दिन नपरोस् भनेर छविले १० करोड ऋण देखाएका थिए। अदालतले पनि ऋण तिरेर बाकी सम्पत्तिबाट शिल्पालाई अंस दिन भनेको थियो। छविको शिल्पासँग कुनै सन्तान नभएपनी पहिलेका श्रीमतीबाट छोराहरू छन् ।
उनको पहिलो श्रीमती हेमा ओझा सम्बन्ध बिच्छेद गरेर धरानमा बस्छिन् । उनको एक छोरा पनि छ। त्यसैगरी दोस्रो श्रीमती गितान्जलीको जलेर मृत्यु भएको थियो। उनको पनि एक छोरा छ। त्यसपछि नायिका रेखा थापासँग तेस्रो बिहे गरेका छविको रेखासँग पनि डिभोर्स भएपछि ३० बर्ष कान्छी शिल्पालाई २०७३ असार २९ गते बिहे गरेका थिए। शिल्पासँग पनि डिभोर्स टुंगिएसँगै अब उनलाई पाचौं बिहे गर्ने बाटो खुलेको छ। तर, छविले अब बिहे नगर्ने भनेका छन् ।
शिल्पालाई लिएर चलचित्र निर्माण र बितरण गर्दै आएका छविले २०७६ साल असारमा शिल्पामाथी घरेलु हिंसा गरेको उजुरी पर्यो। शिल्पाले आफू श्रीमानबाटै असुरक्षित गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि त्यसले ठुलै रुप लियो र अन्ततः डिभोर्ससम्म पुग्यो। यसमा छविले अझै पनि आफुले कुनै हिंसा नगरेको भनिरहेका छन् तर,शिल्पाले भने तत्कालीन अवस्थामा मिडियामा रुँदै अन्तर्वार्ता दिएर छविबाट असुरक्षित रहेको समेत भनेकी थिइन् ।
त्यसपछि अभिनेत्री शिल्पाले छविविरुद्ध जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेद र मानाचामलको मुद्दा दर्ता गरिन् । अदालतले डिभोर्ससँगै छविले आफ्नो आधा सम्पत्ति शिल्पालाई दिनुपर्ने आदेश गर्यो । तर,त्यसलाई छविले ऋण देखाएर कुरा मिल्न सकेन। अंशबन्डामा कुरा नमिल्दा लामो समयसम्म मुद्दा किनारा लाग्न सकेन र छविले मानाचामल भरिरहने अवस्था बन्यो।
अब भने घर दिएर मुद्दा टुंगिएपछी छविले नयाँ चलचित्र बनाउने घोषणा गरेका छन् । नेपाली चलचित्र क्षेत्रमा ‘बाघ निर्माता’ भनेर चिनिएका छविले “मंगलम-२” बनाउने भएका छन् । उनको “मंगलम” चलचित्रमा नायिका रहेकी शिल्पा भने यो चलचित्रमा हुने छैनन् । चलचित्र निर्माण बाहेक छविको इटहरीमा फिल्म हल पनि संचालनमा रहेको छ।