वामदेव गौतम आज एमाले प्रवेश गर्दै
काठमाडौं । पुर्व गृहमन्त्री एवं एमालेका तत्कालीन उपाध्यक्ष वामदेव गौतम आज एमाले प्रवेश गर्ने भएका छन् । उनलाई संरक्षक बनाउने एमालेको तयारी छ।

पार्टी एकता राष्ट्रिय अभियानको संयोजक रहेका गौतम नेकपा एकीकृत समाजवादीमा जाने तयारी हुँदा हुँदै एक्कासी एमाले प्रवेशको कुरा बाहिर आएको हो। उनले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसङ्ग पार्टी प्रवेश बारे दुई पटक भेटेर कुराकानी गरेको उनी निकट स्रोतले पुष्टि गरेको छ।

प्रधानमन्त्री ओलीसँग कहिल्यै मिल्न सकिन्न भन्ने गौतम एकाएक पार्टी प्रवेश गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। गौतम निकट नेताहरू माओवादी प्रवेश गर्ने तयारीमा रहेको खबर पाएसँगै उनि आज एमालेमा प्रवेश गर्न लागेका हुन् । उनका बिश्वासपात्रहरु हरि पराजुली,बलराम बाँसकोटा,धनराज आचार्य भने एकीकृत समाजवादीमा छन् ।
आजै पार्टी प्रवेश बारे वामदेवले पनि पुष्टि गरेका छन् । उनी आफू एमाले कार्यालयबाट टेलीफोन आउने बित्तिकै जाने तयारीमा रहेको समेत भनेका छन् । ‘म तयार भएर बसेको छु । उताबाट खबर आएको छैन। खबर आउने बित्तिकै जान्छु’-गौतमले भने।