रानीपोखरीमा एक फन्को (फोटो फिचर)

कान्तिपुरका राजा प्रताप मल्लका मन पर्ने रानी थिइन् अनन्त प्रिया। उनकै तर्फबाट जन्मिएका चक्रवर्तिन्द्र कान्छो छोरा थिए । अन्य रानीका तर्फबाट समेत आठजना छोराहरू थिए,त्यसमध्ये केही बालक छँदै बिते ! तर, बाबुले पुल्पुल्याएको एक मात्र राजकुमार थिए, चक्रवर्तिन्द्र । एउटा महामारीमा उनको पनि मृत्यु भयो र प्रताप मल्लको परिवारमा ठूलो दु:ख आइलाग्यो।

नेपाल संबत ७९० आश्विन शुक्ल पूर्णिमा, उत्तर भाद्र नक्षत्र, ध्रुव योग, सोमबारका दिन शास्त्रीय विधिपूर्वक एउटा जलाशयको उद्घाटन भयो। राजा प्रताप मल्लले कान्छो छोरोको मृत्युपछि पुत्रविछोडबाट दुःखित रानीको सान्त्वनामा बनाइएको त्यस जलाशयको नाम राखियो-रानीपोखरी !

रानीपोखरी स्थानीय भाषामा न्हूपुखू हो, अर्थात् नयाँ पोखरी । यस पोखरी निर्माणको प्रमुख कारण पुत्रशोकमा परेकी आफ्नी कान्छी रानीप्रतिको गहिरो स्नेहभाव नै थियो । १९९० र २०७२ को भुकम्पले यसलाई क्षती पुर्‍याएको थियो। अहिले यो ऐतिहासिक राष्ट्रिय सम्पदाको रुपमा काठमाडौं महानगरपालिकाले पुनर्निर्माण र रेखदेख गरिरहेको छ। यो सुन्दर पोखरीको पूर्वमा राणा प्रधानमन्त्री श्री ३ बीर शमशेर राणाले बनाएको घण्टाघर, राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर राणाले बनाएको त्रि-चन्द्र कलेज छ्न् भने पश्चिममा नेपालकै सबै भन्दा पुरानो विद्यालय दरबार हाईस्कूल रहेको छ। त्यस्तै उत्तरमा जमल छ भने दक्षिणमा रत्न पार्क छ।

रानी पोखरीको बिचमा बालगोपाल महादेवको मन्दिर छ, यो मन्दिर वर्षमा एक दिन तिहारको भाइटिकाको दिनमा मात्रै खुल्ला हुन्छ। रानीपोखरीलाई वरीपरी फलामको बारले बारिएको छ। रानीपोखरीको बार भित्र ठूलो हाती र त्यस माथि राजा प्रतापमल्ल, रानी र छोराको मुर्ति स्थापित गरिएको छ।

तस्वीरहरू हेरौं :

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय