मुकुललाई रास्वपामै फिर्ता ल्याऔं भन्नेहरू कारबाहीमा पर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्कासित पार्टीका पुर्व महामन्त्री डा.मुकुल ढकालको पक्षमा उभिने केही नेतालाई सो पार्टीले कारबाहीको डण्डा चलाउने भएको छ।

पार्टी सभापति रवि लामिछाने सहकारी प्रकरणमा हिरासत भएको बेला पुर्व महामन्त्री ढकाललाई पार्टी मै फर्काउन भन्दै केही प्रदेश सभापति सहित नेताकार्यकर्ता लागि परेका थिए। पार्टी सभापति लामिछाने विरुद्ध आक्रामक अभिव्यक्ति दिनथालेपछी ५ महिना अघि ढकाललाई रास्वपाले पार्टीबाट निकालेको थियो।

यतिबेला भने मुकुललाई कारबाही गरेर निकाल्दा प्रयोग भएको आफ्नो हस्ताक्षर दुई जना प्रदेश सभापतिले फिर्ता लिएको घोषणा गरेका थिए । मुकुलको पक्षमा उभिएर हस्ताक्षर फिर्ता लिने उनै कोशी र मधेशका प्रदेश सभापतिमाथि रास्वपाले कारबाही प्रक्रिया अघि बढाउन लागेको हो ।

गत पुस १६ गते रास्वपाका कोशी र मधेशका सभापतिहरु राजेश तिमल्सिना र तपेश्वर यादवले हस्ताक्षर फिर्ताका लागि कार्यवाहक सभापति डीपी अर्याललाई पत्र लेखेका थिए । ‘कोर्स करेक्सन’ र ‘राइट टू रिकल’को प्रावधान सम्झाउँदै उनीहरुले गत असार यताको आफ्नो सम्पूर्ण हस्ताक्षर फिर्ता लिएको उल्लेख गरेका थिए ।

हस्ताक्षर फिर्ता लिन पत्र लेखेको दुई सातापछि रास्वपाले कोशी प्रदेश सभापति तिमल्सिनामाथि कारबाही गरेर यसको थालनी गर्ने तयारी गरेको छ। यद्यपि तिमल्सिनालाई कारबाही गर्न रास्वपाले कोशी प्रदेश समितिको बैठक डाकेको भएपनी संख्या पुगेन।

सुनसरीस्थित इटहरीको दुर्गा पार्टी प्यालेसमा बोलाइएको बैठकमा सदस्यहरू नै नआएपछि केन्द्रीय अनुशासन आयोगका अध्यक्ष भरतमणि देवकोटा त्यसै फर्किएका थिए । ६२ सदस्यीय कोशी प्रदेश समितिमा सभापतिलाई कारबाही गर्ने बैठकमा जम्मा १३ जनामात्र उपस्थित भएका थिए ।

पाँच सदस्यीय कार्यसम्पादन समितिका केबल दुई सदस्यहरू उपाध्यक्ष शरिन तामाङ र महामन्त्री लालविक्रम थापामात्रै सहभागी भएपछि उनीमाथिको कारबाही प्रक्रिया अघि बढ्न नसकेको स्रोतले जनाएको छ । कोशीपछि मधेशका सभापति यादवलाई पनि कारबाही गर्ने रास्वपाको तयारी छ ।

गत वर्षको वैशाखमा सम्पन्न प्रतिनिधि सभा उपनिर्वाचनमा इलाम २ मा लज्जास्पद हार ब्यहोरेपछि रास्वपाले मुकुललाई देश दौडाहमा पठाएको थियो । झण्डै डेड महिनालामो देश दौडाहको क्रममा मुकुल देशका ३२ भन्दा धेरै जिल्लामा पुगेका थिए । उनले ३२ जिल्लामा घुमेर पार्टीलाई प्रतिवेदन बुझाएका थिए । आफ्नो प्रतिवेदनमा रास्वपा कमजोर हुँदै गएको, कार्यशैलीप्रति जनताले चिन्ता जाहेर गरेको र यस्तै अवस्था रहे ०८४ को चुनावमा पार्टी राष्ट्रिय दल बन्न नसक्ने उल्लेख गरेका थिए ।

मुकुलले आफ्नो प्रतिवेदनमा कांग्रेस, एमाले र माओवादीको संगत छाडेर बोलन शाह, गोपी हमालहरुसँग मिल्नुपर्ने मत राखेका थिए । रत,रास्वपाले भने पार्टी हित विपरीत काम गरेको हुँदै नभएको प्रतिवेदन लेखेको भन्दै भदौंमा साधारण सदस्यसमेत नरहने गरि निस्कासीत गरेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय