चलचित्र ‘कोशेढुंगा’ निर्माण हुँदै


काठमाडौं । यसबर्षको सर्वाधिक सफल चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले अर्को नयाँ चलचित्र ‘कोशेढुंगा’ निर्माणको घोषणा गरेका छन् ।
निर्देशक पौडेलले कलाकार बिजय बराललाई मुख्य भूमिकामा लिएर निर्माण गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ अहिलेसम्मको सर्वाधिक कमाई गर्ने नेपाली चलचित्र बनेको छ।कार्तिक १५ देखि प्रदर्शनमा आएको यो चलचित्र अझै हलमा चलिरहेको छ।

उनै निर्देशक सरोज पौडेलले ‘कोसेढुंगा’ निर्माणको घोषणा गरेका हुन् । चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको चलचित्रमा मुख्य कलाकार भने छनोट हुन बाकी छ। थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमीमा राखेर पहाडलाई हेरिरहेकी एक महिलालाई देखाइएको छ। यद्यपि यी महिला मुख्य पात्र हुनसक्ने भएपनी उनको चरीत्र स्पष्ट गरिएको छैन।

यो पोस्टरले ‘कोसेढुंगा’ पनि सामाजिक कथावस्तु मै निर्माण हुने अनुमान लगाउन सकिन्छ। यसबारे निर्माणपक्षले सस्पेन्स नै राखेको छ।यो चलचित्र २०८२ को तिजमा रिलिज हुनेछ ।नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहने छ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय