चलचित्र ‘कार्साङ’लाई कति दिइयो शो ?

काठमाडौं । दयाहाङ राई र जितु नेपाल लगायत कलाकार अभिनीत फिल्म ‘कार्साङ’ले देशब्यापी सिनेमा घरहरूमा उल्लेख्य शो पाएको छ।

भोलि शुक्रबार (पुस २६) देखि रिलिज हुने फिल्म ‘कार्साङ’को अग्रिम बुकिङ खुला भएकोदेखी क्यूएफएक्स चेनलगायत केही मल्टिप्लेक्सले ‘कार्साङ’को अग्रिम टिकट बुकिङ खुला गरेका हुन्।

देशभरका हलले यो चलचित्रलाई उल्लेख्य सहित बुकिङ खुलाएसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा यो चलचित्रले काठमाडौँ उपत्यकामा २५ सो पाएको छ। काठमाडौँ बाहिरका स्टेसनमा पनि ‘कार्साङ’लाई क्यूएफएक्सले २८ सो उपलब्ध गराएको छ।

पुसमा चलचित्रको लागि सुखद ब्यापार नभए पनि ‘कार्साङ’ले पाएको शो राम्रो हो। वर्ड अफ माउथ बलियो बन्दै जाँदा शो थपिँदै जान सक्छ। यसैगरी दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना तीनवटा आउटलेटमा १५ शो दिएको छ।

त्यसैगरी एफ क्युब सिनेमाजले र बीएसआर मुभिजले समान ६/६ सो उपलब्ध गराएका छन्। बिग मुभिज वान सिनेमाजमा भने बुकिङ खुला हुन बाँकी छ। चलचित्र ‘कार्साङ’मा यम शेर्पाको लेखन तथा निर्देशन छ।

‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन्। २ घन्टा ५ मिनेटको ‘कार्साङ’ ले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ। यसमा दयाहाङले झाक्रीको भुमिका निभाएका छन् ।

चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय