पेट्रोलियम पदार्थको मुल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।
पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाइएको छ ।
एलपी ग्याँस र हवाइ इन्धनको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

