रवि लामिछानेको हिरासत बसाई अनिश्चित ! कतिपटक थपियो म्याद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएपनी उनको छेकथुनमा बहस र फैसला बाँकी छ। त्यसभन्दा अगाडि अझै ५ जनाको बयान नै बाकी रहेकाले उनको हिरासत बसाई लम्बिने देखिएको छ।

हाल कास्की प्रहरीको हिरासतमा रहेका पुर्व गृहमन्त्री लामिछानेले आफ्नो बयानमा धेरै कुरा इन्कार गरेका छन् । सुर्यदर्शन सहकारीको रकम अपचलनसँगै सम्पत्ति सुदृढीकरणमा समेत मुद्दा  खेपिरहेका लामिछानेले सहकारीको रकम दुरुपयोग नगरेको र सम्पत्ति पनि नकमाएको बयान अदालतमा दिएका छन् ।यद्यपि उनको बयानका बारेमा फैसला आउन बाकी छ।

उता प्रहरीले कास्की अदालतबाट जुनसुकै फैसला आएपनी उनलाई अन्य जिल्लामा समेत लैजाने तयारी गरेको छ। उनले कास्कीबाट धरौटीमा छुट्ने अवस्था आएपनी काठमाडौं,रुपन्देही,चितवन र पर्सामा पनि उनको थुनछेक बहस हुनेछ। त्यसैले उनको हिरासत बसाई अझै अनिश्चित देखिन्छ । अदालतले पुर्पक्षकालागि कारागार पठाउने कि धरौटीमा वा साधारण तारिखमा रिहा गर्ने भन्ने फैसला आउन अझै समय लाग्ने देखिन्छ।सोही प्रकरणमा पक्राउ परेका रवि बाहेक अन्यको बयान पछि मात्रै थुनछेक बहस प्रारम्भ हुने र त्यसपछि मात्रै हिरासत बसाई कारागार वा घर भन्ने टुंगो हुनेछ।

कतिपटक भयो म्याद थप ?

–गत कात्तिक २ गते काठमाडौँस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाटै पक्राउ परेका रवि लामिछाने त्यै राती ३ बजे कास्की प्रहरी हिरासतमा पुगे।(सुर्यदर्शन सहकारी प्रकरण)

–कात्तिक ४ गते कास्की जिल्ला अदालतद्वारा पक्राउ परेकै दिनदेखि लागू हुनेगरी ६ दिन हिरासत म्यादको अनुमति दिइयो ।

–कात्तिक ८ गते कास्कीमै दोस्रोपटक ७ दिन म्याद थप ।

–कात्तिक २० गते कास्कीमै तेस्रोपटक १० दिन म्याद थप ।

–कात्तिक २५ गते कास्कीमै चौथोपटक १३ दिन म्याद थप ।

–कात्तिक २५ गते पोखराबाट भैरहवा लगेर बयान (सुप्रिम सहकारी प्रकरण,बुटवल प्रकरण)

–मंसिर ९ गते कास्कीमै पाँचौपटक १५ दिन म्याद थप ।

–मंसिर १३ गते पोखराबाट काठमाडौँ ल्याएर बयान (स्वर्णलक्ष्मी सहकारी प्रकरण)

–मंसिर १८ गते अनुसन्धानका लागि काठमाडौँबाटै चितवन लगेर बयान (सहारा चितवन सहकारी प्रकरण)

–मंसिर २३ गते कास्कीमै छैटौँपटक ४ दिन म्याद थप

–मंसिर २४ गते पोखराबाट काठमाडौँ हुँदै वीरगन्ज लगेर बयान (सानो पाइला सहकारी प्रकरण)

–मंसिर २७ गते कास्कीमै सातौँपटक ५ दिन म्याद थप ।

–पुस २ गते कास्कीमै आठौँपटक ४ दिन म्याद थप ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय