पिताम्बरको ‘फर्स्ट लुक पोष्टर’ नै भाइरल !


काठमाडौं । फिल्म पिताम्बर को पहिलो झलक (फर्स्ट लुक्स) सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भाइरल बनेको छ। दर्शकले फिल्मको पोस्टरलाई निकै रुचाएका छन्।

कृषा चौलागाईंले निर्देशन गरेको चलचित्र पिताम्बरमा कलाकारको ठूलो जमात छ। तर,पोष्टरमा प्रदिप खड्कालाई भयंकर भुमिका दिइएको छ भने दयाहाङ राई र सौगात मल्ल पनि फष्ट लुक पोष्टरमा समेटिएका छन् ।

पोस्टरले फिल्मलाई ग्याङस्टर-थीममा आधारित भएको झल्को दिएको छ। जसले दर्शकको जिज्ञासा थप चुल्याएको छ। पोस्टर सार्वजनिक भएसँगै दर्शकहरू र फिल्म समीक्षकहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्। जसले फिल्मको प्रतिक्षालाई अझ बढी तीव्र बनाएको छ।

चलचित्र पिताम्बरमा दयाहाङ राई, सौगात मल्ल, प्रदीप खड्का, सुरक्षा पन्त, आर्यन सिग्देल, अनुपविक्रम शाही, दिव्या रायमाझी, दिव्य देव, कामेश्वर चौरसिया, सुपुष्पा भट्टको भुमिका छ।

त्यसैगरी छायांकनमा पुरुषोत्तम प्रधान, निर्माता विशाल चौलागाईं र कार्यकारी निर्माता सुमन गौतम हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय