टाइमलाइन स्कुलमा गायन प्रतियोगिता

काठमाडौ ।काठमाडौंको गोकर्णेश्वर-५ मा रहेको टाइमलाइन स्कुलले स्व.गणेशप्रसाद रिजालको चौँथो स्मृति दिवसमा गायन प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयले शुक्रबार विद्यालय परिसरमा उक्त कार्यक्रम आयोजना गरेको हो । प्रत्येक वर्ष आयोजना गरिँदै आएको गायन प्रतियोगितामा यस वर्ष विभिन्न ३० विद्यालयको सहभागिता रहेको थियो। स्मृति दिवसका अवसरमा आयोजना गरिएको यो चौथो गायन प्रतियोगिता हो ।

प्रतियोगितामा प्रथमले ८ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको थियो भने दोस्रोले नगद ६ हजार, तृतीयले ४ हजार र चौथोदेखि दशौ सम्मले २ हजार नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाएका थिए।

गायन प्रतियोगितासँगै विद्यालयले सङ्गीततर्फ पनि पुरस्कार प्रदान गरेको छ । संगीततर्फ पहिलोले २ हजार ५ सय, दोस्रोले २ हजार र तेस्रोले १ हजार ५ सय रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएको विद्यालयका प्रधानाध्यापक रामप्रसाद बडालले जानकारी दिए।

त्यसैगरी गीतकारतर्फ क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनेले २ हजार ५ सय, २ हजार र एक हजार ५ सय रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए। टाइमलाइन स्कुल गोकर्णेश्वर नगरभित्रको उत्कृष्ट विद्यालयमा पर्दछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय