मन्दिरमा घण्टी किन राखिन्छ ?

हरेक धर्ममा आ-आफ्नै संस्कार र रीतिरिवाज हुन्छन् । हिन्दू धर्ममा झनै धेरै परम्परागत मान्यताहरु छन् । अधिकांश हिन्दू मन्दिरमा घन्टी राखिएको हुन्छ । यो शताब्दियौंदेखि चलिआएको धार्मिक संस्कार त हो नै, यसको वैज्ञानिक कारण पनि छ, जुन धेरैलाई थाहा नहुन सक्छ ।

यस्ता छन् मन्दिर घन्टी राख्ने कारण 

१.धार्मिक कारण

मन्दिरबाहिर, प्रवेशद्वार, भित्र वा वरिपरि– जताततै घन्टी राखिएका हुन्छन् । मन्दिर गएपछि घन्टी बजाउनुपर्छ भन्ने मान्यता छ । तसर्थ, जानी–नजानी पनि मन्दिर प्रवेश गर्नुअघि दर्शानार्थीले घन्टी बजाउँछन् । घन्टी बजाउँदा ‘पाप भाग्ने’ र शक्ति प्राप्त हुने कुरा ‘आगमशास्त्र’ मा उल्लेख छ ।

त्यसैगरी, देवी–देवतालाई घन्टीको आवाज सुमधुर लाग्छ भन्ने अर्को मान्यता पनि प्रचलित छ ।

२.वैज्ञानिक कारण

मन्दिर प्रवेश गरेसँगै घन्टी बजाउँदा त्यसले मनलाई सफा र जागरुक बनाउँछ । साथै, ध्यानलाई पूर्ण रुपमा केन्द्रित गर्दै भक्तितिर आकर्षित गर्दछ ।

प्रायः घन्टी लामो र तीखो आवाज आउने गरी बनाइएका हुन्छन्, जसको प्रतिध्वनी कम्तिमा सात सेकेन्सम्म सुनिन्छ । प्रतिध्वनिको समयावधिले हाम्रो शरीरका सातै वटा रोगनिवारक केन्द्रलाई सक्रिय बनाउँछ, जसले मस्तिष्कमा रहेका सबैखाले नकारात्मक विचार हटाउन मद्दत गर्छ भन्ने वैज्ञानिक मान्यता रहेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय