जाडोमा छालाको स्याहार कसरी गर्ने ?

जाडो मौसम छालाका लागि अनुकूल समय मानिँदैन । त्यसैले जाडोको मौसम शुरु भएसंगै छालामा सुख्खापना बढ्दै जान्छ । यो समय बाहिरी वातावरण सुख्खा हुने भएकाले हाम्रो छालामा पनि त्यसको असर देखा पर्छ । त्यसैले चिसो मौसममा छालामा विभिन्न समस्याहरु देखिन्छ। जस्तै: पहिला ओठ सुख्खा हुने त्यसपछि शरीरका बिभिन्न भागका छालामा समेत असर देखापर्ने हुन्छ ।

छाला सुख्खा हुनबाट कसरी जोगाउने ?

१. जाडो मौसममा पुरा शरीर ढाकिने पहिरन लगाउनु पर्दछ ।
२. यस मौसममा हरियो सागसब्जी खाने तथा प्रशस्त पानी पिउने गर्नुपर्दछ ।
३. छालामा टासिने गरी भित्रि लुगा लगाउदाँ सुती कपडा प्रयोग गर्नुपर्छ ।
४. मनतातो पानि बाहेक धेरै तातो वा चिसो पानिले सीधै नुहाउनु हुदैन ।
५. दुई चम्चा नुनलाई एक बाल्टी मनतातो पानीमा मिसाएर नुहाएमा छाला सुख्खा हुन पाउदैन ।
६. जाडोमा साधारण साबुको सट्टा उच्च मोस्टराइज भएका साबुनको प्रयोग गर्नुपर्छ ।
७. नुहाएपछि हल्का भिजेको शरीरमा तेल वा बडि लोसन लगाउने गर्नु पर्दछ ।
८. यदि हातखुट्टा फुट्ने समस्या भएमा मनतातो पानीमा नुन राखेर डुबाउने गर्नुपर्दछ ।
९. शरीरलाई ओसिलो राख्न तेल, पेट्रोलियम जेली अथवा मोइस्चराइजर लगाउने गर्नुपर्दछ ।
१० यदि यि उपायले पनि छालाको सुख्खापना कम भएन भने चिकित्सकको सुझाव लिनुपर्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय