झापामा रास्वपाका १७ कार्यकर्ता पक्राउ
काठमाडौं । झापामा बिरोध प्रदर्शन गर्न निस्केका राष्ट्रिय स्वतन्त्र पार्टीका १७ जना नेताकार्यकर्ता पक्राउ परेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रम बिथोल्न कालो झण्डा लिएर गएका केही कार्यकर्ता हिजो दमकमा पक्राउ परेपछि आक्रोशित रास्वपा कार्यकर्ताले आज सुरुङ्गामा र्याली निकालेर बिरोध गरेको थियो। रास्वपा सभापति रवि लामिछाने प्रहरी हिरासतमा रहेकोमै आक्रोशित भएका नेताकार्यकर्ता यतिबेला देशव्यापी बिरोधमा छन् ।
दुई दिनको कार्यक्रम लिएर गृह जिल्ला झापा पुगेका प्रधानमन्त्री ओली लक्षित बिरोध कार्यक्रम समेत राखेपछि रास्वपा कार्यकर्ता प्रहरीको निगरानीमा थिए। प्रधानमन्त्री ओली हिजो दमक र आज गौरीगन्जमा विभिन्न कार्यक्रममा सहभागी भएका थिए।
यसैबीच झापामा कार्यकर्ता पक्राउ परेपछि रास्वपा कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले त्यसको बिरोध गरेका छन् । उनले भनेका छन्-‘झापामा भएको शान्तिपूर्ण र्यालीबाट प्रहरी प्रशासनले बल प्रयोग गरी र्यालीका सहभागीहरूलाई पक्राउ गरेको छ।सरकारको अलोकतान्त्रिक, दमनकारी, प्रतिशोधपूर्ण गतिविधिको घोर भर्सना गर्दछौं।’
बुर्लाकोटीले झापा सुरुंगाबाट पार्टीका झापा उपसभापति प्रकाश पाठक सहित झापा क्षेत्र नम्बर २ का सभापति कमल उप्रेती
झापा क्षेत्र नम्बर ४ का सभापति शम्भु सुस्केरा,भद्रपुर सभापति प्रेम न्यौपाने,कोशी प्रदेश सदस्य सुरेश पोख्रेल,शिवसताक्षीका कोषाध्यक्ष रमेश घिमिरे र नगर सदस्य अर्जुन उप्रेती, लक्ष्मन बस्नेत
सँगै गौरादहबाट १७ जना पक्राउ परेको दाबी गरेका छन् ।

