कति अर्ब भयो पुष्पा-२ को कमाई ?

सुकुमार निर्देशित बहुप्रतिक्षित चलचित्र पुष्पा-२ ले कति कमाई गर्‍यो होला ? भारतमा मात्रै नभै विश्वब्यापी चर्चा पाइरहेको अल्लु अर्जुन र रस्मिका मन्दना अभिनित चलचित्र पुष्पा-२ ले धेरै रेकर्ड तोडेको र नयाँ रेकर्ड बनाएको छ।

नेपालमा पनि पुष्पा-२ ले नयाँ रेकर्ड बनाएको छ। यो चलचित्र २३ घन्टा सम्म नेपाली हलमा दर्शक तान्न सफल छ। बिहान ४:१५ देखि राती ११:५५ सम्म शो पाइरहेको र अधिकांश शो हाउसफुल भैरहेको छ। पहिलो दिन ५९१ शो पाएको थियो।

भारतको बक्सअफिसमा तुफान ल्याइरहेको पुष्पा-२ ले अहिलेसम्म विश्वब्यापी ८ सय करोड भारु कमाई गरेको छ। प्रदर्सनको चौथो दिन आइतबार मात्रै भारतमा अर्ब ४१ करोडको व्यापार गरेको यो चलचित्रले पहिलो दिन १ अर्ब ६४ करोड २५ लाखको ओपनिङ गरेको थियो।

भारतीय मिडिया रिपोर्टलाई आधार मान्ने हो भने पुष्पा-२ ले रिलिजको अघिल्लो दिन अर्थात ४ डिसेम्बरमा नै १० करोड ६५ लाखको ब्यापार गरेको थियो। यो केबल स्पेसल शो मात्रै थियो। जबकी चलचित्र ५ डिसेम्बरमा रिलिज गरिएको थियो।

पहिलो दिन १६४.२५ करोड कमाएको चलचित्रले दोस्रो दिन ९३.८ करोड र तेस्रो दिन ११९.२५ करोड कमाएको थियो। हिजो आइतबार १४१.५ करोड भारतमा मात्रै कमाएको यो चलचित्रले  विश्वब्यापी ८०० करोड कमायो।

चलचित्र पुष्पा-२ का लागि अल्लु अर्जुनले मात्रै ३०० करोड लिएका थिए। त्यसमा उनको पारिश्रमिक र प्रचारप्रसार खर्च समेत हो। यो चलचित्र ५०० करोड भारुमा बनेको हो।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय