हिलारी स्कुलमा नि:शुल्क स्वास्थ शिविर

काठमाडौं । विद्यार्थीहरुको स्वास्थ अवस्था र जाडोयामसँगै अपनाउनुपर्ने सचेतता बारे हिलारी इङ्लिस हाई स्कुलले नि:शुल्क स्वास्थ शिविर सम्पन्न गरेको छ।

विद्यालय प्राङ्गणमा शुक्रबार आयोजित स्वास्थ शिविरमा स्कुलका विद्यार्थी,अभिभावक तथा शिक्षक र कर्मचारीको स्वास्थ जाँच गरिएको सहायक प्रीन्सिपल राहुल राउतले परेवान्युजलाई बताए।
काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग तथा लाइफ लाइन हेल्थ होम केयरको सहयोगी भुमिकामा सम्पन्न शिविरमा लियो क्लब अफ काठमाडौं टिचर्सले स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए भने नव जागरुक युवा क्लब र गौरीनगर सुधार समितिले सह-संयोजन गरेका थिए।

स्वास्थ शिविरमा ल्याबटेष्ट,आँखा परिक्षण,सामान्य चिकित्सक परामर्श,नाक कान घाटीको परिक्षण सहित प्रसुती तथा स्त्री रोग,छाला,बाल रोग,दन्त सेवा र भिडियो एक्स्रे समेत गरिएको विद्यालयका प्रीन्सिपल लालकुमार राईले जानकारी दिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय