बलिउडको सबै रेकर्ड तोड्न आतुर छ पुष्पा-२

काठमाडौं,१७ मंसिर । भारतीय बहुप्रतिक्षित चलचित्र पुष्पा २ आगामी विहिवारदेखी विश्वभर एकसाथ रिलिज हुँदै छ । यो चलचित्र रक्तचन्दन तस्करीको बिषयमा सन् २०२१ मा बनेको ‘पुष्पा: द राइज’ कै सिक्वेल हो।

यस चलचित्रको अग्रिम टिकट बिक्रीको केही घण्टामै भारतमा ५५ हजारभन्दा धेरै टिकट बिक्री भएको थियो। भारतभर पहिलो दिनको ७.८ टिकट बिक्री भइसकेका छन्। फिल्मले ओपनिङ डेमा विश्वव्यापी रूपमा ३०० करोड भारु कमाइ गर्ने प्रक्षेपण गरिएको छ।

फिल्म रिलिज हुन अझै ३ दिन बाँकी छ। अग्रिम बुकिङका हिसाबले यस फिल्मले ‘बाहुबली २’ र केजीएफ २’ रेकर्ड तोड्ने अनुमान छ। चलचित्रले नेपालमा प्रदर्सन अनुमति पाएको छ। यद्यपि ४ वटा दृश्यमा सेन्सर बोर्डले कैँची लगाएको बुझिएको छ।

१७ डिसेम्बर सन् २०२१ मा रिलिज भएको पहिलो पार्ट ‘पुष्पा: द राइज’ निकै सफल भएको थियो। जसकारण यस फिल्मलाई हेर्न दर्शक निकै आतुर छन्। पुष्पा-२ ले यसअघि दिपावलीको अवसरमा रिलिज गर्ने भनेको थियो तर,प्राबिधिक कारण देखाएर रिलिज डिसेम्बर ५ मा पुर्‍याएको हो। त्यसो त अघिल्लो पार्ट ‘पुष्पा: द राइज’ पनि २०२१ को डिसेम्बर १७ मा रिलिज भएको थियो।

सुकुमारको लेखन र निर्देशन रहेको यस फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्दना मुख्य भूमिकामा छन्। साथै फरद फासिल, धनञ्जय, राव रमेश, सुनिल, अजय घोषलगायतको पनि अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।

यो चलचित्र २०१ मिनेट अर्थात ३ घन्टा २१ मिनेट लामो छ। पहिलो हाफ १०० मिनेट र दोस्रो हाफ १०१ मिनेट रहेको निर्माण टिमले जनाएको छ। यसले गर्दा समय बढी लागेपछि हलमा शो कम हुनेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...