देउसीबाट उठ्यो १५ लाख ५० हजार

जेबी चाम्लिङ

पाँचथर। पाँचथरको एउटा विद्यालयले देउसी भैलो खेलेर विद्यालयका लागि १५ लाख ५० हजार रुपैयाँ संकलन गरेको छ।

जिल्लाको फालेलुङ गाउँपालिका-७ मा रहेको श्री सिद्धदेवी माध्यमिक विद्यालयले गाउँपालिकाको वडा नम्बर ६,७ र ८ मा देउसी खेलेर उक्त रकम जम्मा गरेको हो।


विद्यालयका प्रधानाध्यापक सुरेन शिशिरका अनुसार उक्त रकमबाट फालेलुङ बाढी पीडितका लागि १ लाख सहयोग गरिएको छ। विद्यालयको खेल मैदान र अन्य भौतिक निर्माण तथा विद्यार्थीका लागि सो रकमको सदुपयोग गरिने छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय