रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
गत शुक्रबार काठमाडौंबाट पक्राउ गरि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि थप समय माग गर्दै आइतबार अदालत लगिएको थियो। उनको हिरासत गणना शुक्रबार बाटै हुनेछ। यसरी हेर्दा बुधबार सम्मको समय अदालतले दिएको हो।
सभापति लामिछानेलाई अदालत लैजाने क्रममा रास्वपा नेताकार्यकर्ताले अवरोध पुर्याउन खोजेका थिए।पोखरामा सहकारी पीडित र रास्वपा कार्यकर्ता आमनेसामने भएपछि केही क्षेत्रमा निशेधाज्ञा समेत जारी गर्नुपरेको थियो। सो क्रममा रास्वपा नेता तथा सांसदहरु मुखमा पट्टि बाधेर सडकमा बसेका थिए भने कार्यकर्ताले प्रधानमन्त्री र सरकारको बिरोधमा नाराबाजी गरेका थिए।

