प्रधानमन्त्रीले अध्यादेश ल्याएर एमाले ठूलो पार्टी बनाउन खोजेपछि देउवा रिसाए !

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर साना पार्टी फुटाउने र केही सांसदलाई एमालेमा ल्याएर ठूलो दल बन्ने योजना बनाएपछि सत्ता गठबन्धनमा संकट देखिनेको छ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको उक्त योजना थाहा पाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तुरुन्तै प्रतिवाद गरेका थिए। प्रधानमन्त्रीले अमेरिका जानू अगाडी र फर्केर आएपछि दसैंको बेला अध्यादेश ल्याउने प्रयत्न गरेको स्रोतको दाबी छ।

हाल प्रतिनिधि सभामा संसदको ठूलो दल नेपाली कांग्रेससँग ८८ सिट छ। सत्ताको नेतृत्व गरेको एमालेसँग ७८ सिट र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसँग ३२ सिट छ। एमालेलाई ठूलो दल बन्न कम्तीमा ११ सांसद चाहिन्छ । त्यसको लागि अध्यादेश ल्याएर नेकपा एकीकृत समाजवादी फुटाउने र अशोक राईको दलपनी एमालेमा विलय गराउने ओलीको योजना छ।

यदि अध्यादेश ल्याउन सकेमा एकीकृत समाजवादीका ५ र अशोक राईका ७ जना सांसद एमालेले लैजाने देखिन्छ।त्यसोगर्दा एमालेसँग ९० सांसद हुनेछन् । तर,यो कुरा बुझेपछि कांग्रेस सभापति देउवाले अध्यादेश ल्याउन नहुने अडान राखेका छन् । उनले ठुला दुई दल मिलेर बनेको सरकारले अध्यादेश ल्याएर काम गर्न नहुने भन्ने तर्क राखेका छन् । यसमा अन्य नेताहरू पनि सहमत छन् ।

उता माधवकुमार नेपाल नेतृत्वको नेकपा एस फुटाउने कुरामा पनि देउवा सकारात्मक छैनन् । बिगतमा देउवा नेतृत्वको सरकार गठनमा नेपालको पार्टीले लगाएको गुन तिर्न पनि यसपटक देउवाले अध्यादेश ल्याउने कुरामा ओलीलाई साथ नदिने पक्का छ। अध्यादेश बाहेक ओली सरकारका अन्य केही काममा पनि देउवाको चित्त बुझेको छैन। जसले गठबन्धनमा कुनै खटपट भैरहेको संकेत समेत गर्दछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय