चलचित्र ‘एक्लो’ ३५ दिनमा छायांकन सकियो
![]()
काठमाडौं, १९ असोज । साइन्स फिक्सनमा आधारित फिल्म ‘एक्लो’को अपर मुस्ताङ र काठमाडौंमा ३५ दिन लगाएर छायांकन सकिएको छ।साइन्स फिक्सनमा आधारित चलचित्रले लोमाङथाङमा ४५ लाखको सेट तयार गरेर छायांकन गरेको थियो।
काठमाडौं भद्रकालीमा चलचित्रको शुभमुहूर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायाङ्कन गरेर निर्माण टिम मुस्ताङ गएको थियो।
चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी (क्षितिज)का अनुसार मुस्ताङमा ३० दिनसम्म छायांकन गरिएको थियो। अपर मुस्ताङको लोमान्थाङमा छायांकन सकेर चलचित्रलाई छुसेल, छुसाङ, कागवेनी, जोमसोमलगायतका स्थानमा पनि छायांकन गरिएको थियो। चलचित्रको पोस्ट प्रोडक्सनको काम लन्डनमा गरिने निर्देशक प्रदीप शाहीले बताएका छन् ।
चलचित्र ‘एक्लो’मा प्रदीप खड्का, बेनिसा हमाल, विजय लामा, सुनील थापा, दीया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेति, कविता नेपालीलगायको अभिनय छ । हलिउड कलाकार जेमी बेकम बेलायतको निर्माण साझेदारको रूपमा समेत जोडिएका छन् ।
चलचित्र एक्लोका निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन्।

