त्रिविमा सकारात्मक कार्यसँगै यस्ताे साेच पनि बढाेस्

मनोज कुमार कर्ण

त्रिभुवन विश्वविद्यालयमा सावधिक पदमा नियुक्ति विनियमावली/कार्यविधि, २०८१ अनुसार गत २०८१ भदाै १७ र १८ गते विभिन्न पदमा विज्ञापन निकाल्याे । यसले गर्दा विज्ञापनबाट त्रिविमा भिसि आउनुभएकाे भनिएकाेद्वारा अन्य पदहरूमा पनि विज्ञापन गरेर नियुक्ति गरिंदा नेपालकाे उच्च शिक्षामा त्रिविबाट प्रथमत: सकारात्मक सुधार हुने अपेक्षा गरिएकाे छ ।

सकारात्मक कुराकाे प्रशंसा हुनुपर्छ तर त्रिविमा भने आम मान्छेका यी विज्ञापनभएका पदमा निष्पक्षता हाेला भनेर काैतूहलता र शंका-उपशंका पनि सेलेक्शन कमिटिमा केही विवादित मान्छेकाे नियुक्ति तथा विगतमै पनि “नियन्त्रित विज्ञापन” जस्ताे भएकाे व्यवहारबाट जन्मेका छन् ।

यस लेखकाे आशय भने आम प्राध्यापकमा यी नियुक्तिद्वारा त्रिविमा “माओवादीकरण/वामपन्थीकरण” हुने त्राशबीच सकारात्मक कार्यमा यदि त्रुटीरहीत ढंगले सच्चियाे भने सबैले सहयाेग गरून् भन्ने नै हाे किनकी विगतमा यी पदहरूमा वैचारीक संघ-संगठनका एक-दुईजनाले हालीमुहाली गर्दै पदहरू बेचिएकाे समेत आराेप लाग्दथ्याे ।

नेपालकाे उच्च शिक्षा र त्रिविका केही समस्या

हाल त्रिविलगायत प्राय: उच्च शिक्षाका थलाेहरूमा नेपालमा विद्यार्थीकाे सानाे-सानाे समस्यामा पनि तालाबन्दी हुने, परीक्षामा कतिपय ठाउँमा दिनदहाडै हाेटलमा उत्तरपुस्तिका लेखेर कपी साट्नेसम्म, सेमेष्टरकाे मर्म लगभग समाप्त पारिएकाे अवस्थाहरू विद्यमान छन् ।
विश्वविद्यालयका समस्या यदि प्राध्यापक, कर्मचारी र विद्यार्थी सुध्रे भने समस्या समाधान भन्याे भने बुझिन्छ । तर जहाँ नेपाल प्राध्यापक संघ (नुटा) र त्रिवि प्राध्यापक संघ (टुटा)हरूकाे महाधिवेशन/अधिवेशनहरू नै पदलाेलुपतामा राेकिन्छन् र केही पदाधीकारीहरूले पदावधी सकेकाे अवस्थामा पनि संस्थामा अनैतिक तवरले “आफ्नाे” बनाउँछन् र विकृति जसले आैंल्याछ, उसलाई नै “शत्रु” देख्छन् भने त्याे क्राेनिक डिजिज् हाे नै भन्नुपर्छ । अधिवेशनहरू नगराउने, प्राज्ञिक समस्या हललगायत संस्थाकै सम्पत्ति जाेगाउन नसक्नेले त आफैं संस्थाका समस्या हुन् नि ? यसरी संस्थाले काम गर्न छाेडेकाे छ भने नीजि लाभ, खानपीनमा नुटा-टुटाका केही अनैतिकहरूले रमाउन पाएका छन्, पदाेन्नतिसहित दाेहाेर्याउने दाउमा ! समग्रमा भन्नुपर्दा समस्या तल क्याम्पसदेखि माथि केन्द्रसम्म छ, जसलाई समाधान गर्न केवल प्रशासनले स्टेकहाेल्डर्स विद्यार्थी, कर्मचारी र प्राध्यापककाे सहयाेगबिना सम्भव छैन ।

हालसम्म कस्ले कहाँ-कहाँ भरे ?

त्रिभुवन विश्वविद्यालयका अध्ययन संस्थान तथा संकायका ८ डिनका लागि, १७ वटा क्याम्पस प्रमुख, क्षेत्रीय तथा बल्खु परीक्षा नियन्त्रण कार्यालयका गरि ७ वटा सहपरीक्षा नियन्त्रक, याेजना निर्देशनालयकाे निर्देशक तथा शिक्षा विकास तथा अनुसन्धान केन्द्र (CERID, सेरिड)लगायतका निर्देशकहरू गरि झण्डै पाैने तीन दर्जन पदमा “त्रिवि सावधिक पदमा नियुक्ति विनियमावली/कार्यविधि, २०८१” अनुसार गत २०८१ भाद्र १७ र १८ गते भएका विज्ञापनहरूमा २५८ जना जति प्राध्यापकहरूले अति उत्साहका साथ फाराम भरेका छन् । विज्ञापनमा खाली हुन बाँकी रहेका निकायहरूकाे मामिलामा हाल विज्ञापन गरिएकाे भएपनि आगामी मंसीर महिनाकाे पहिलाे सप्ताहदेखि अन्य प्रकृया अगाडि बढाउने भनिएकाे हाे । याे उत्साह त्रिवि र नेपाल सरकारले प्राज्ञिक वर्गकाे मर्न दिनु हुँदैन । भनिन्छ, गत असाेज ४ गते शुक्रवार विभिन्न विद्यार्थी समूह स्टेकहाेल्डर्सले त्रिवि पदाधिकारी कहाँ “निष्पक्षता”काे लागि सबै उम्मेदवारहरूकाे नाम सार्वजनिक गर भनी सूचना माग्दा नामहरू बाहिर आएका हुन् । हुनपनि गत असाेज १ गते “कान्तिपुर”काे पृष्ठ ५ काे “त्रिविकाे ३० पदमा २५८ प्राध्यापककाे आवेदन” शीर्षककाे समाचारमा त्रिविका भिसि नै समाचारकाे स्राेत हुनुहुन्छ जुन मिलेन किनकि त्रिविमा सूचना विभाग छ त ! अनि भिसि भनेकाे भिसि हाे, भिसि भनेकाे त्रिविकाे प्रवक्ता हाेईन कि डायरेक्ट जेपनि बहानामा मिडियामा आउने । त्याे सूचनामा गएर सूचना लिनुस् भन्नुपर्थ्याे, किन “एकद्वार” प्रणाली लगाउनुपर्याे कसैले ? कतै सूचना नदिएर वा, एकद्वार प्रणाली सूचनामा लगाई नियन्त्रण गरि भित्रभित्रै गड्बड् त भईरहेकाे छैन ? याे भयाे भने दुर्भाग्य हाेला !

प्राप्त केही जानकारी अनुसार चिकित्सा शास्त्र अध्ययन संस्थानमा १) प्राडा अभिमन्यु झा, २) प्राडा माेहनराज शर्मा, ३) प्राडा रमेशसिंह भण्डारी, ४) प्राडा निर्जु रञ्जित, ५) प्राडा दिनेश काफ्ले, ६) प्राडा रामचन्द्र अधिकारी, ७) प्राडा उत्तमकृष्ण श्रेष्ठ, ८) प्राडा मिता राणा, ९) प्राडा ज्याेतीबाबा श्रेष्ठ, १०) प्राडा संघरत्न बज्राचार्य, ११) प्राडा रत्नमणि गजुरेल, १२) प्राडा दिव्यासिंह शाह, १३) डा. सुधा बस्नेतलगायत आफूलाई प्रतिस्पर्धामा उतारेका छन् ।

त्यसैगरी शिक्षाशास्त्र संकायकाे डीनमा १) प्राडा वेदराज आचार्य, २) प्राडा एकारत्न आचार्य, ३) प्राडा विष्णु खनाल, ४) प्राडा नारायणप्रसाद बेल्वासे, ५) डा. कुश्मिला आचार्य, ६) प्राडा चित्रबहादुर बूढाथाेकी, ७) डा. गाेपालप्रसाद पाण्डे, ८) प्राडा विनाेद लुईंटेलहरूले आवेदन गरेका हुन् ।

व्यवस्थापन संकायकाे डिनका लागि १) प्राडा पुष्पराज जाेशी, २) प्राडा महानन्द चालिसे, ३) प्राडा भाेजराज अर्याल, ४) प्राडा अच्यूत ज्ञवाली, ५) डा. ठाकुरप्रसाद शर्मा, ६) प्राडा दिलिप पराजुलीहरूले आवेदन दिएका छन् ।

यसैगरी मानविकी तथा समाजिक शास्त्र संकायका डिन पदमा १) प्राडा दुविनन्द ढकाल, २) प्राडा रमेशकुमार श्रेष्ठ, ३) प्राडा रामकृष्ण तिवारी, ४) प्राडा ताराप्रसाद भूसाल, ५) प्राडा सञ्जय आचार्य, ६) प्रा. कृष्णराज आचार्य, ७) डा. तुलसीप्रसाद गाैतम, ८) प्राडा ध्रुव कार्कीलगायतले आवेदन गरेका जनाईएकाे छ ।

उता सेरिडकाे कार्यकारी निर्देशकमा १) प्राडा वेदराज आचार्य, २) प्राडा एकारत्न आचार्य, ३) प्राडा नारायणप्रसाद बेल्वासे, ४) प्राडा कमलकुमार पाैडेल, ५) प्राडा सुरेन्द्र गिरी, ६) डा. कुश्मिला आचार्य, ७) राजेन्द्र कुँवर, ८) प्राडा सुदन झाहरूले आफूलाई प्रतिस्पर्धामा उतारेका छन् ।

अनि याेजना निर्देशनालयकाे निर्देशक पदमा १) प्राडा नारायणप्रसाद बेल्वासे, २) प्राडा एकारत्न आचार्य, ३) डा. साेमबहादुर बानियाँ, ४) डा. खेमराज खरेल, ५) प्राडा शाेभाकान्त लामिछाने, ६) प्राडा ज्ञानबहादुर थापा, ७) डा. लक्ष्मीकान्त शर्मा, ८) डा. प्रेमबहादुर थापाले आवेदन दिएका हुन् ।

तर सर्वाधिक उम्मेद्वार भने परीक्षा नियन्त्रक पदका लागि आवेदित देखिन्छ, ६८ जना । साे पदका लागि १) ईश्वरीप्रसाद काेईराला, २) गिरीराज पाैडेल, ३) बद्री फुयाल, ४) राजेन्द्र बसाैला, ५) पेशल आर. सी., ६) अर्जुन भण्डारी, ७) मनबहादुर अधिकारी, ८) प्रमाेद खेरवार, ९) ओमप्रकाश आचार्य, १०) टेकेन्द्र बूढा, ११) ठण्डीराज जमरकट्टेल, १२) माधवकुमार श्रेष्ठ, १३) विष्णुदेव दास, १४) सत्यनारायण साह, १५) याेगेन्द्र शाह, १६) रविन्द्र महत्त, १७) सुरेन्द्र राय, १८) मनाेज आनन्द झा, १९) सुशील शर्मा भट्टराई, २०) चन्द्रमणि आचार्य, २१) कृष्ण गाहा मगर, २२) शान्तबहादुर थापा, २३) शंकर पाैडेल, २४) बाेधराज ढकाल, २५) हाेम पाठक, २६) राजिव मिश्रा, २७) महेश्वर पाेखरेल, २८) प्रदिपकुमार प्रसाद, २९) यादब अधिकारी, ३०) रमित यादब, ३१) बिपिन राय, ३२) उमेश यादब, ३३) मनाेज कुमार कर्ण, ३४) तिलक लम्साल, ३५) गाेविन्दप्रसाद गुरागाईं, ३६) नवराज न्याैपाने, ३७) नेत्र शर्मा, ३८) अम्बिकाप्रसाद पाैडेल, ३९) लक्ष्मण पाेखरेल, ४०) चक्र बम, ४१) देवराज आचार्य, ४२) सूर्यप्रसाद पाैडेल, ४३) सूर्यकान्त कलाैनी, ४४) सूर्यकुमार खत्री, ४५) तुलसी निराैला, ४६) गणेशप्रसाद अधिकारी, ४७) दावा शेर्पा, ४८) नवराज रिजाल, ४९) हाेम बानिया, ५०) डिल्ली आर. प्रसाईं, ५१) मीनराज लम्साल, ५२) हरिप्रसाद तिवारी, ५३) वीरबहादुर गुरूङ्ग, ५४) शेरबहादुर गुरूङ्ग, ५५) वासुदेव गाैतम, ५६) बम्बर पुन, ५७) कुश्मिला आचार्य, ५८) मीना गुरूङ्ग, ५९) सुरेशकुमार काेइरी, ६०) ईन्दिरापन्त शर्मा, ६१) मुक्तिनाथ शाह, ६२) दिनानाथ पण्डित, ६३) पुष्करसिंह रैखाेला, ६४) गाेकर्णराज अर्याल, ६५) रामराज पाेखरेल, ६६) विष्णु केसी, ६७) रामनाथ न्याैपाने, ६८) रूपन मजुम्दारलगायत छन् ।

क्याम्पस प्रमुख पदमा आवेदन दिने आवेदकहरुको नामावली विवरण
क्र.सं आवेदकहरु क्याम्पस

सूर्यनारायण सत्यनारायण मो.या.क्याम्पस
१. सहप्रा. अनिल कुमार यादब
२ उपप्रा.मनोज कुमार यादव
३ उपप्रा.ब्रम्हदेव यादव
४ सहप्रा.राजेश्वर प्रसाद यादव

रत्नराज्य लक्ष्मी क्याम्पस
५ सहप्रा.डा.राजकुमार गुरुङ्ग
६ सहप्रा.डा.पद्म कुमार अधिकारी
७ सहप्रा.नवराज थापा
८ सहप्रा.मोतिकला सुब्बा देवान
९ प्रा.डा.कृष्णराज आचार्य
१० प्रा.डा.जीवनधर ज्ञवाली

पृथ्वीनारायण क्याम्पस
११ सहप्रा.डा.वीरबहादुर कार्की
१२ उपप्रा.डा.देवीलाल शर्मा
१३ प्रा.डा.हरिप्रसाद पाठक
१४ प्रा.लालबहादुर कुँवर
१५ प्रा.डा.रामनाथ ओझा
१६ प्रा.डा.सरोज कोइराला
१७ प्रा.शोभाकान्त लामिछाने
१८ प्रा.डा.टंकराज अधिकारी
१९ सहप्रा.थानेश्वर सुवेदी

रामस्वरुप रामसागर क्याम्पस, जनकपुर
२० प्रा.डा.बसन्त कुमार कर्ण
२१ उपप्रा.डा.बिनोदलाल कर्ण
२२ उपप्रा.रेवन्त मोरवैता
२३ उपप्रा.विरेन्द्र कुमार यादव
२४ उपप्रा.डा.बिपिन कुमार राय
२५ उपप्रा.डा.मनोज नन्दन झा
२६ सहप्रा.मुक्तिनाथ साह
२७ सहप्रा.प्रदिप कुमार प्रसाद
२८ सहप्रा.डा.रन्जन सिंह
२९ सहप्रा.सूर्य कान्त साह

बुटवल बहुमुखी क्याम्पस
३० उपप्रा.डा.अरुण कुमार क्षेत्री
३१ सहप्रा.मेघराज आचार्य
३२ प्राडा नुरजंग के.सी.
३३ उपप्रा.रामना न्यौपाने
३४ सहप्रा.डा.शखिशरण सुवेदी

त्रिभुवन बहुमुखी क्याम्पस
३५ सहप्रा.टंकप्रसाद भट्टराई
३६ उपप्रा.कृष्ण कार्की
३७ उपप्रा.टंकप्रसाद पन्थ
३८ सहप्रा.दिलानन्द जोशी डोटी बहुमुखी क्याम्पस
३९ उपप्रा.टीकाराम फुलारा

पाटन संयुक्त क्याम्पस
४० सहप्रा.लेखनाथ मिश्र
४१ उपप्रा.डा.रुद्र चर्माकार्य
४२ उपप्रा.अरुण कुमार साह
४३ उपप्रा.बिनोद बाँनिया
४४ उपप्रा.मनोज कुमार कर्ण
४५ सहप्रा.नवनारायण झा
४६ सहप्रा.डा.रघु बहादुर विष्ट
४७ सहप्रा.राम बहादुर के.सी.
४८ सहप्रा.डा.रमेश चन्द्र तिम्लिसिना
४९ सहप्रा.डा.तारानाथ घिमिरे
५० उपप्रा.तिलक बहादुर खत्री
५१ उपप्रा.उषा जोशी
५२ उपप्रा.गोकर्णराज अर्याल
५३ सहप्रा.महेश यादव
५४ सहप्रा.डा.नारायण प्रसाद गैरे
५५ रविन्द्र सिंह महत
५६ उपप्रा.अनन्त राज दाहाल

विश्वभाषा क्याम्पस
५७ उपप्रा.बलभद्र भारती
५८ उपप्रा.लक्ष्मीदेवी रोकाया
५९ उपप्रा.महेन्द्र कुमार बुढाथोकी
६० उपप्रा.नवराज ढुँगेल

सुर्खेत क्याम्पस
६१ उपप्रा.प्रेम बहादुर थापा
६२ उपप्रा.बेलपत्रनाथ योगी
६३ उपप्रा.डा.दिपक गौतम
६४ उपप्रा.हरि बहादुर थापा
६५ सहप्रा.माधव प्रसाद खनाल
६६ उपप्रा.राजन कुमार कँडेल
६७ उपप्रा.रत्न प्रसाद पाण्डे
६८ उपप्रा.प्रकाश चन्द्र खत्री जुम्ला क्याम्पस
त्यस्तै, अन्य विज्ञापनका बाँकी क्याम्पसमा क्याम्पस प्रमुख पदका आवेदकहरू निम्न बमाेजिम छन् ।

क्याम्पस प्रमुख पदमा आवेदन दिने आवेदकहरुको नामावली विवरण
क्र.सं आवेदकहरु क्याम्पस

वीरेन्द्र बहुमुखी क्याम्पस
१. सहप्रा. सूर्यनारायण पाैडेल
०२ सहप्रा.प्रेमसागर भण्डारी
०३ प्रा.डा.गंगाराज पोख्रेल

महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज
०४ उपप्रा.डा.रमेश प्रसाद अधिकारी
०५ सहप्रा.डा.लक्ष्मण पोखरेल
०६ उपप्रा.डा.विष्णु बहादुर के.सी.
०७ सहप्रा.डा.चक्रबहादुर बम
०८ उपप्रा.डम्मरबहादुर पुन
०९ उपप्रा.डा.हरिप्रसाद तिवारी
०१० सहप्रा.डा.लालमणि आचार्य
०११ सहप्रा.डा.मुना श्रेष्ठ
०१२ सहप्रा.नवराज रिजाल
०१३ उपप्रा.सुबास गौतम
०१४ सहप्रा.ठण्डीराज जम्मरकटेल

सानोठिमी क्याम्पस
०१५ उपप्रा.अम्बरजंग लिम्बु
०१६ सहप्रा.दिनानाथ पण्डित
०१७ सहप्रा.जगत कृष्ण पोखरेल
०१८ उपप्रा.खगेन्द्र बराइली
०१९ उपप्रा.डा.माधवकुमार श्रेष्ठ
०२० सहप्रा.डा.प्रतिमा ताम्राकार
०२१ उपप्रा.डा.पूर्ण बहादुर लामिछाने
०२२ सहप्रा.राजेन्द्र कुमार साह
०२३ सहप्रा.डा.राजेन्द्र कुँवर
०२४ उपप्रा.उमानाथ लम्साल
०२५ प्रा.डा.बिनोद लुँइटेल

ललितकला क्याम्पस
०२६ उपप्रा.जस्मिन राजभण्डारी
०२७ उपप्रा.नरेन्द्र प्रसाद भण्डारी
०२८ उपप्रा.ओम बहादुर खत्री
०२९ सहप्रा.रमेश पोखरेल
०३० उपप्रा.यामप्रसाद शर्मा

भैरहवा बहुमुखी क्याम्पस
०३१ सहप्रा.अनिल कुमार झा
०३२ उपप्रा.देवराज आचार्य
०३३ सहप्रा.दिनेश कुमार मिश्र
०३४ उपप्रा.गणेश प्रसाद पाण्डे
०३५ उपप्रा.इन्द्र बहादुर थापा
०३६ उपप्रा.इन्द्र बहादुर बिक
०३७ सहप्रा.लक्की प्रसाद जोशी
०३८ उपप्रा.डा.पिताम्बर तिवारी
०३९ सहप्रा.प्रदिपकुमार त्रिपाठी
०४० उपप्रा.प्रकाश भट्टराई
०४१ उपप्रा.सहदेव भट्ट
०४२ उपप्रा.शंकर पन्थी
०४३ उपप्रा.डा.त्रिभुवन बरई

भोजपुर बहुमुखी क्याम्पस
०४४ उपप्रा.खगेन्द्र राई
०४५ सहप्रा.पर्वत राई
०४६ उपप्रा.रिन्जु शेर्पा
०४७ उपप्रा.उत्तम सिंह राई

किन यति जनाले आवेदन दिएका हाेलान् ?

विगतमा वैचारीक संघ-संस्थाका नेताहरू एक-दुईजना टाउकेले आफ्नाे नजिकपनकाे “याेग्यता”मा क्याम्पसदेखि माथिल्लाे पदाधिकारीसम्म नाम सिफारिश गर्थे । अस्वस्थ्य प्रतिस्पर्धा, प्राज्ञिक मान्छेकाे स्वाभिमानमा ठेस लागेकाे थियाे, भ्रष्टाचार र विकृति चारैतिर देखिन्छन् हालसम्म, कहिलेकाहीं पदनै बिक्री हुनेसम्म सुनिन्थ्याे जस्ताे अवस्थामा असली पढ्नेहरू पनि छन् है भन्ने हालसालका यी विज्ञापनहरूले देखाउँछन् । हुनत कतिजनाले अझैपनि निष्पक्षतामा शंका गरेर, जुन अवस्था हाे पनि, विज्ञापन भरेर पदमा किन जाने भन्दैछन् । अर्थात्, आवेदकहरू बढी देखिनुकाे अर्थ २-४ जना वैचारीकका टाउकेका “गणेश/हनुमान”बाहेक आम प्राध्यापकले साँच्चिकैकाे पद खाने बलबुत्ता देखाउने आँट, तयारी अवस्था र संस्था जाेगाउने हुट्हुटी रहेकाे देखाएका छन् । अर्थात्, क्याम्पस समेतमा १-२ जना टाउकेहरूले सबैकाे हक, अधिकार खाेसेर पदहरू कब्जाएर भ्रष्टाचारलगायत गरिरहेकामा यी विज्ञापनबाट अवसर सामान्य तर याेग्य प्राध्यापकसम्म पुगेकाेरूपमा लिन सकिन्छ ।

निष्पक्षता लागि के गर्दा उत्तम हुनेछ ?

सावधिक पद (Periodic post) अर्थात्, निश्चित अवधिका लागि चयन गरिने पदाधिकारीहरूकाे कार्य विनियमावलीमा उल्लेख भए झैं जिम्मेवारपूर्ण, उत्तरदायी, स्पष्ट, पारदर्शी, निष्पक्ष आदि बनाउनलाई लेखेर नभई व्यवहारमा उतारिनुपर्याे । जस्तै, क्याम्पस प्रमुख चयन समितिका संयाेजक प्रस्तावित प्राडा माधव दाहालले नमान्दा उहाँकाे ठाउँमा प्राडा जीवेन्द्रदेव गिरि र त्यसैगरी प्राडा भाेजराज अर्याल स्वयं डीनकाे उम्मेद्वार बन्नुहुँदा उच्च नैतिकतामा रहेर सदस्यमा नबस्दा प्राडा रामचन्द्रबहादुर बस्नेतलाई चयन गरिएका छन् तर भिसिकाे के त्यस्ताे विशेष चासाे हाे कि अर्का सदस्य पाटन क्याम्पसका प्राडा सञ्जयकुमार मिश्रमाथि आराेपका प्रमाणसहित “अयाेग्य” रहेकाे निवेदन पर्दा पनि सबैले अपनत्व यस विज्ञापन प्रकृयालाई लिनलाई छानबिन गरि तत्काल हटाउन नमान्नुभएका ? यहाँ शंका बढेर हकदार आवेदकमा गएकाे छ ।

उहाँ पाटनकाे शिक्षक, पाटनकै क्याम्पस चीफ् कसरी “निष्पक्ष” छन्नुहाेला जबकी ऊहाँ चीयापसलमै “अमूक व्यक्तिलाई पाटनमा चीफ बनाउनेछु” भनी बाेल्दै हिंड्नुहुन्छ ? यीबाहेक उहाँका अनैतिक कार्यका प्रमाणहरूपनि सम्बन्धित ठाउँमा याे स्तम्भकार निवेदकले देखाएपनि याे लेख लेख्दासम्म किन श्रीमिश्रलाई आदरसहित क्याम्पस चीफ छानबिन समितिबाट विदा गरिंदैन ?

यदि पारदर्शी, सर्वस्वीकार्य प्रकृया बनाउने हाे भने पूर्ण सावधानी अपनाउनैपर्छ । यदि विज्ञापनकाे नाममा “भद्दा मजाक” गरेर निकटवर्तीमात्रहरूलाई चयनित गरिए देशैभरी भने अविश्वसनीयता पदाधिकारीमाथि नै बढ्दै गएर त्रिवि र नेपालकाे उच्च शिक्षाले थेग्नै नसकिने गरि डुब्नेछ ।

(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय