अरुणिमा शिक्षा सदनमा तेक्वान्दो बेल्ट एक्जामिनेसन कार्यक्रम सम्पन्न
काठमाडौं ।अरुणिमा शिक्षा सदन कामपा-६ महाङकालको आयोजनामा बिहिवार तेक्वान्दो बेल्ट एक्जामिनेसन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा अरुणिमा शैक्षिक प्रतिष्ठान अन्तर्गतका अरुणिमा माद्यामिक विद्यालय बौद्ध, नव अरुणिमा माध्यमिक विद्यालय गोकर्णेश्वर-९ र अरुणिमा शिक्षा सदन बौद्ध महाङकाल सहित त्यस क्षेत्रका ७ वटा विद्यालय सहभागी थिए। सो अवसरमा अरुणिमा शैक्षिक प्रतिष्ठानका विद्यालय सहित गणेश हिमाल माध्यमिक विद्यालय,विद्या आर्जन मा.वि,आकाश दिप मा.वि र माउन्ट एभरेस्ट मा.वि का गरि २ सय २५ विद्यार्थि सहभागी थिए।
सो अवसरमा उच्च अंक प्राप्त गर्ने खेलाडीलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्नुको साथै केही खेलाडीलाई दोहोरो पदोन्नति सम्मान प्रदान गरिएको थियो। जसमा अरुणिमा शिक्षा सदनका अदिरा थापामगर, अरुणिमा मा.वि बौद्धकि प्रणिता हमाल,नव अरुणिमा मा.विका समीर तामाङ,गणेश हिमाल मा.विका आयुष राई,विद्याआर्जन मा.विका प्रीन्स बस्नेत,आकाशदिपका सहिशा श्रेष्ठ तथा माउन्ट एभरेस्ट मा.विका कपिल बस्नेतलाई दोहोरो पदोन्नतिको सम्मान दिइएको थियो।
कार्यक्रममा अरुणिमा शैक्षिक प्रतिष्ठानका गुठियार तथा अध्यक्ष भिमानन्द ढुंगाना,गुठियार तथा कार्यकारी प्रीन्सिपल ईश्वरीप्रसाद लामिछाने,गुठियार शम्भु प्रसाद बडाल,गुठियार तथा अरुणिमा शिक्षा सदन ब्यवस्थापन समितिका अध्यक्ष वटुप्रसाद न्यौपाने लगायत अरुणिमा परिवारको उपस्थिति रहेको थियो।
कार्यक्रममा मुख्य गुरु नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य तथा तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री कुमार लामा घिसिङ,साफस्वर्ण पदक विजेता तथा तेक्वान्दोका एशियन खेलमा सहभागी गुरु ज्ञानी चुनारा सहित अन्य गुरुहरु मुना खवास मगर,राकेश सापकोटा र सिरिशा खनालले परिक्षा संचालन तथा मुल्यांकन गरेका थिए।सोही कार्यक्रममा सहभागी मध्यबाट १६ जनाले ब्ल्याक बेल्ट (First Dan) उपाधी पाएका थिए। कार्यक्रममा सहभागी सबै विद्यालयलाई सहभागिताको लागि धन्यवाद सहित अरुणिमा शिक्षा सदन व्यवस्थापन समिति अध्यक्ष वटुप्रसाद न्यौपानेले मायाको चिनो प्रदान गरेका थिए।