सिन्धुली र रामेछापका ३ विद्यालयमा लायन्सको सहयोग

काठमाडौं । सामाजिक सेवामा सक्रिय लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ई अन्तर्गत रहेका ४९ वटा क्लबले सिन्धुली र रामेछापका तीन सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री प्रदान गरेको छ ।

 

उनीहरुले रामेछापको मन्थली-३ अर्चलेमा रहेको श्री आधारभूत विद्याललय, खाँडादेवी-१ रकठुम कोठापेमा रहेको श्री देवी आधारभूत विद्यालय र सिन्धुलीको सिन्धुली नगरपालिका वडा नंं -१० कोगटीमा रहेको कमलाखोज बालगृहमा पुगेर स्टेशनरी सामाग्री प्रदान गरेका हुन् ।

डिष्ट्रिक्टका जिएसटी कोअर्डिनेटर तथा सर्भिस चिफ रेनुका श्रेष्ठका अनुसार कमलाखोज बालगृहका २९ जना, श्री देवी आधारभूत विद्यालयका ४० जना र श्री आधारभूत विद्याललयका ११५ गरी १८४ जना विद्यार्थीका लागि झोला, कपि, विद्यालय पोशाकहरु वितरण गरिएको थियो ।

कार्यक्रममा पिडिजी अनन्त प्रसाद भेटुवाल, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर हिरा प्रसाद गुप्ता, सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर श्याम कुमार यादव, चिफ एरिया को अर्डिनेटर राजन श्रेष्ठ, जिएमटी कोअर्डिनेटर बिमलेश्वर प्रधान, जिईटी मिसन १.५ चिफ अजय खनाल लगायत विभिन्न क्लबका ३४ जना लायन्स लिडरहरु उपस्थित थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय