अन्तर विद्यालय कविता प्रतियोगितामा हिलारी दोस्रो

काठमाडौं । ६० औं राष्ट्रीय बाल दिवसको अबसरमा काठमाडौं-७ गौरीघाटमा आयोजित अन्तर विद्यालय कविता प्रतियोगितामा हिलारी इङलिस हाई स्कुल दोस्रो भएको छ।

बालबालिकामा लगानी,सुनौलो भविष्यको थालनी भन्ने नारा सहित राष्ट्रिय बाल दिवस मनाइएको हो। नव जागरुक युवा क्लव,सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र चाबहिलद्वारा आयोजित अन्तर विद्यालय काबिता लेखन-वाचन प्रतियोगितामा हिलारी इङलिस हाई स्कुलको कक्षा ९ मा अध्ययनरत छात्रा सन्जिला पोखरेल द्वितीय स्थान हसिल गर्न सफल भएको विद्यालयका प्रीन्सिपल लालकुमार राईले जानकारी दिए।

उनको “खोसिएको बालापन” शिर्षकको कविताले दोस्रो स्थान हासिल गरेको थियो।

प्रीय आमा !

मेरो बालखैमा पुन्यको खातिर

डोलि नअन्माइदिएको हुँदो हो त

म राम्ररी हुर्किने थिए होला !!!

प्रीन्सिपल राईले विद्यालयको नाम राख्न सफल भएकोमा छात्रा सन्जिला पोखरेललाई बधाई दिए। उनले कार्यक्रम आयोजना गर्ने संस्था र सहजीकरण गरिदिने सम्पुर्ण मिहिनेती शिक्षकहरुलाई समेत आभार प्रकट गरे।

प्रतियोगितामा रिभेरा हाई स्कुलले प्रथम र हेम्स स्कुलले तृतीय स्थान हासिल गरेका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय