नेपाल केन्पो खुकुरी मार्शल आर्टसको केन्द्रिय सदस्यमा नवीन बज्र निर्वाचित

काठमाडौं । युवा उद्धमी एवं सामाजिक अभियन्ता नवीन बज्र लामा नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको केन्द्रिय सदस्य निर्वाचित भएका छन् ।

उनी नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ का क्षेत्रीय सदस्य तथा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ई का क्षेत्रीय अध्यक्ष समेत हुन् ।भर्खरै सम्पन्न संघको तेस्रो अधिवेशनबाट लामाले यो महत्वपूर्ण पदमा विजयी हासिल गरेका हुन्। केन्द्रिय समितिमा उनको उपस्थितिलाई महत्त्वपूर्ण मानिएको छ।

नेपालको सांस्कृतिक र ऐतिहासिक धरोहरसँग सम्बन्धित खुकुरीको वीरताको प्रतीकलाई मार्शल आर्ट्ससँग जोड्दै आएको यो संघको केन्द्रिय समितिमा पुगेपछि लामाले यो खेल र मार्शल आर्ट्सको क्षेत्रमा आफूले निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन्।

केन्पो मार्शल आर्ट्सको विकास र प्रवर्द्धन मार्फत यस खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन मुख्य भूमिका खेल्ने उनले बताए।नेपाली वीरताको प्रतीक मानिएको खुकुरी र यसैको नामबाट सुरु गरिएको संघलाई विश्वमा चिनाउने उद्देश्य अनुरुप आफुले काम गर्ने पनि लामाले बताए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय