१३ तस्वीरमा हेर्नुस् काठमाडौंको गौरीघाटमा सप्तऋषिको पूजा
प्रतिक भट्टकाठमाडौं, २३ भदौ । आज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी नेपाली नारीहरूले सप्तऋषिको पूजा आराधना गरी मनाइरहेका छन् । यस अवसरमा काठमाडौंको गौरीघाट बागमती नदी किनारमा पूजा गर्ने महिलाहरुको भीड छ ।
यस दिन व्रतालु महिलाहरुले बिहानै उठेर नुहाइधुवाइ गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र ऋषिहरूको पूजा गर्दछन् ।
३६५ वटा गनेका पूजा सामग्रीहरू जस्तै अक्षता, जौं, तिल, फूल, बत्ती, पान, सुपारी आदिद्वारा पूजाआजा गरेपछि दिउल (बियाँ) नफुटेको खानेकुरा जस्तै सामा, कागुनो, कर्कलो, आलु, तरुल, तामा आदि खाई एकछाक हविष्य बस्नुपर्ने व्रत विधि रहेको छ ।
यसरी स्नान गरी सप्तऋषिको पूजा गरेमा सबै प्रकारका दोष निवारण हुन्छ भन्ने धार्मिक विश्वास छ । सप्तऋषिको पूजासँगै तीज व्रत पनि समाप्त हुने मान्यता छ ।
तस्वीरहरु: