गैँडाकोटमा बसको ठक्करबाट हजुरआमा र नातिको मृत्यु
नवलपुर, २२ भदौ । नवलपुरको गैंडाकोटमा बसको ठक्करबाट दुईजनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट बालक विशाल श्रेष्ठको घटनास्थलमा मृत्यु भएको थियो भने बालककी मावली हजुरआमा स्याङ्जाकी ५५ वर्षीय श्रीमाया मानन्धर गम्भीर घाइते भएकी थिइन् ।
घाइते श्रीमायाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरीका अनुसार ठक्कर दिने सवारीसाधन र चालक प्रहरी नियन्त्रण छन् ।