भदौरे झरीमा भिज्दै पशुपतिनाथमा तिजको रौनक (तस्वीरहरु)

काठमाडौं, २१ भदौ । हरितालिका तिजको अवसरमा शुक्रबार काठमाडौँको पशुपतिनाथ मन्दिरमा महिला दर्शनार्थीको विहान सबेरैदेखि भीड लागेको छ । रातिदेखि झरी परेका कारण विगतभन्दा केही कम भीड भएतापनि रौनक भने उत्तिकै थियो ।

विहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोकाहरु खोलिएका थिए । पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गरिएको छ ।

तीजका अवसरमा चारै वटा सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ ।

हेर्नुस् तस्विरहरु:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...