अग्रवाल युवा मञ्चको खेल महोत्सव आजदेखि
काठमाडौं, २१ भदौ । अग्रवाल युवा मञ्चको आयोजनामा खेल महोत्सव शुक्रबारदेखि हुने भएको छ । मारवाडी समुदयकाले मात्र सहभागिता जनाउन पाउने महोत्सवमा विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुनेछ ।
महोत्सवमा क्रिकेट, फुटसल, टेबलटेनिस, ब्याडमिन्टन र पौडीमा प्रतिस्पर्धा हुने मञ्चका अध्यक्ष प्रवीण गर्गले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब ३ सय खेलाडीको सहभागिता रहने महासचिव विनय अग्रवालले जनाएका छन् ।
प्रायोजकमा ग्लोबल रिच एडुकेसन, शिव शक्ति ग्रुप, बीएलसी इन्रिचिङ लाइफ, मोहन खेतान फाउन्डेसन, केमिकल हाउस प्रा.लि. र राधाकृष्ण ज्वेलर्स रहेका छन् । दुईदिने महोत्सवका खेलहरु धन्यन्तरी स्पोर्ट्स हबमा खेलाइने छ ।
पत्रकार सम्मेलनमा सांसद् चन्द्र भण्डारीले ट्रफीका साथै जर्सी सार्वजनिक गरेका थिए ।