मेरो कार्यकाल १ वर्ष १० महिना १५ दिन बाँकी छः प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकाल सकिनु भन्दा हप्तादिन अघि नै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको पद छाड्ने बताएका छन् ।

उनले आफ्नो कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्रै बाँकी रहेको भन्दै त्यति सबै समय पनि आफुलाई धेरै हुने भएकोले एक साता अगाडि नै छाडेर हिड्ने बताएका हुन्।

मिडिया संचालक एवं क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा प्रधानन्त्री ओलीले आफ्नो कार्यकाल सकिन त्यति समय बाँकी रहेको बताएका हुन्। त्यो समयमा नेपाली कांग्रेसका सभापति देउवा पनि मंचमै मुसुमुसु हासेर बसेका थिए।

‘मलाइ मन नपराउनेहरुका लागि म खुशीको खबर छ, अब मेरो यसपल्ट प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्रै बाँकी छ,’-प्रधानमन्त्री ओलीले भने।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय