कांग्रेस-एमाले मिलनमा मुख्य भुमिका खेलेका क्याप्टेन रामेश्वर थापा असल व्यवसायी: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यावसायी रामेश्वर थापाकै कारण मध्यरातमा एमालेसँग सहमति भएकोले उनी असल व्यवसायी भएको बताएका छन् ।

सभापति देउवाले क्याप्टेन थापाको प्रसंशा गर्दै भनेका छन्-‘रामेश्वर थापाजीलाई म धेरै पहिलादेखि चिन्दै आएको हुँ। उहाँको हेलिकप्टरमा म धेरै पटक घुमेको पनि छु। पार्टीको कार्यक्रममा पनि गएको छु। अरु कार्यक्रममा पनि गएको छु। उहाँ केपी शर्मा ओलीको पनि पार्टी लगायत सबैलाई सहयोग गर्ने व्यक्ति हो। त्यसैगरी मैले लिएको छु।’

उनले क्याप्टेन रामेश्वर थापाले कांग्रेस-एमाले बिच भएको पछिल्लो सत्ता सहकार्यमा धेरै मद्दत गरेको समेत औंल्याए ।’उहाँ यस्तो व्यक्ति हो, उहाँ सबैलाई सहयोग गर्ने व्यक्ति हो। साथसाथै, उहाँलाई हामीले हेर्यौँ पनि। उहाँले धेरै कुराहरूमा आफ्नो यात्रालाई सफल पानुभएको छ। उहाँले धेरै ठूलो यागदान पनि दिनुभएको छ। उहाँको विषयमा जति भनेपनि पुग्दैन।’

उनले अझै अगाडी भने-‘अर्को कुरा, लुकाएर लुक्ने कुरा छैन, ओलीजी र मेरोबीचमा नजिक ल्याउने काममा अहिलेको गठबन्धन बनाउने काममा पनि उहाँको ठूलो यागदान छ। त्यसकारण मेरो पार्टीको तर्फबाट उहाँलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु। मलाई विश्वास छ, उहाँले थाल्नुभएको यो कामलाई भोलिका दिनमा पनि अझै अगाडि लानुहुनेछ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...