रामकुमारी झाँक्री पराजित हुँदा को-को भए नेकपा एसका पदाधिकारी ?

काठमाडौं, १२ भदौ । नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतपरिणाम आएको छ। जसमा केही परिणाम अप्रत्याशित छन् ।

नतिजाअनुसार नेतृ रामकुमारी झाक्री पराजित भएकी छिन् । उनी उपाध्यक्षमा उम्मेदवार थिइन्। महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन् । प्रतिद्वन्द्वी रामकुमारी झाँक्री भारी मतले पराजित भइन् । राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन् ।

यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् । उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए । त्यसैगरी उपाध्यक्षमा डा. गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १६१, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले विजयी भएका छन् । यी मध्य जोशी झलनाथ खनाल निकट हुन् ।

त्यसैगरी उपमहासचिवमा मेटमणि चौधरी १५८ मतसहित विजयी भएका छन् । यो अन्य प्रतिस्पर्धी मध्य सबैभन्दा बढी मत हो । यस्तै रामकुमार खड्का र गरिमा शाह समान १०७ मत पाएर विजयी भएका छन् । राजेन्द्र राईले १०६ मत पाएका छन् ।

४ उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो ।

उता सचीवमा कास्कीका श्रीनाथ बराल बिजयी हुँदा अर्का प्रत्याशी पोखरा महानगरका मेयर रहेका धनराज आचार्य पराजित भए।जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी भएका छ्न । सोमप्रसाद पाण्डे पार्टी अध्यक्ष माधवकुमार नेपालका सम्धी हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय