यी हुनसक्छन् विष्णु माझी सार्वजनिक नहुनुको कारण !
दिल निशानी मगरचर्चित गायिका विष्णु माझी सार्वजनिक रुपमा बाहिर नआउनुको यस्ता तीन कारण हुन सक्छन् ।
१. विष्णु माझीलाई मान्छेहरु र भीडभाड देख्दा डर लाग्ने Social anxiety disorder भएको हुन सक्छ। उनले अनुहार छोप्ने, स्टुडियोमा पर्दा लगाउने गर्छिन्। सायद उनलाई Massphobia भएको हुन सक्छ। उनको शारिरक बनोट, अनुहार लाई लिएर कसैले bullying गरेको हुन सक्छ। त्यसपश्चात उनलाई scopophobia disorder भएको हुन सक्छ। साथै स्टेजमा उभिएर पब्लिकको अगाडि प्रस्तुति दिन नसक्ने Glossophobia भएको पनि हुन सक्छ। समग्रमा हेर्दा उनि Introverted जस्तो देखिन्छन्।
२. माझी जाति अति सीमान्तकृत जाति हो। यिनीहरुमा कुनै ठूलो महत्वकांक्षा हुदैन। यस जाति नदीको किनारमा बस्छन्। माछा मार्छन्, डुंगा चलाउछन्, मोर्चा बनाउछन्, दाउरा संकलन गर्छन्। अत्यन्तै सरल र सामान्य जिवन बिताउछन्। यसकारण बिष्णु माझीमा कुनै Materialistic desires नभएको हुन सक्छ। आजभोली पैसाका लागी कलाकारहरुले महिनामा दर्जनौ गीत गाउछन्, देश विदेश र मेला महोत्सवमा जान हानथाप गर्छन्। तर विष्णु माझी लाई आफ्नो समुदायका मानिसहरुले जस्तै सरल जिवन बिताउन मन परेको पनि हुन सक्छ।
३. धेरैले उनको श्रिमान लाई दोष दिन्छन्। तर उनको श्रिमान पनि सार्वजानिक रुपमा हो- हल्ला गरेर हिडेको कतै देखिन्न। बिष्णु माझीले जस्तै उनले पनि मिडीयामा अन्तर्वार्ता दिएको देखिन्न। बरु गीत रेकर्ड गर्ने बेलामा श्रिमतीलाई भरपुर सहयोग गरेको देखिन्छ। उनीहरुको विवाह अन्तरजातीय हो, यसकारण Cultural or Ideological Differences, Philosophical or Ethical Beliefs, Misanthropy अथवा नेपालमा बिध्यमान Cast discrimination बाट जोगिनको लागी पनि यो hippocratic society लाई बहिस्कार गरेका पनि हुन सक्छन्।