जति बिरोध गरेपनी म अध्यक्ष छाड्दिन-प्रचण्ड
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्र जसले जति बिरोध गरेपनी आफुले अध्यक्ष नछाड्ने चेतावनी दिएका छन् ।
पार्टीको बागमती प्रदेश परामर्श समितिको दुई दिने बैठकमा अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन् । बैठकमा अधिकांश केन्द्रिय सदस्य तथा प्रदेसका नेताले अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा प्रभाकरको टकराव बारे टिप्पणी र असन्तुष्टि राखेका थिए। बैठकमा बोल्ने धेरैले अध्यक्ष प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखेपनी प्रचण्डले भने आफुले नछाड्ने अडान दोहोर्याए ।’म अध्यक्ष भइराख्न त चाहन्न तर,अहिले नै फ्याट्टै पनि छाड्दिन’ -अध्यक्ष प्रचण्डको भनाइ उध्रीत गर्दै सहभागी नेताले भने-,’तपाईंहरुले प्रचण्डले छाड्दा पार्टी सप्रीन्छ भनेपनी मैले त्यस्तो देखेको छैन। मैले छाडेपछि सम्हालेर लैजाने कमरेड भेटेकै छैन।’
सो बैठकमा पार्टी सञ्चालन विधि राम्रो नभएको भन्दै केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीहरूले तत्काल रणनीति फेर्न, नभए नेतृत्वकै विषयमा सोच्न सुझाव दिएका छन्। बैठकमा ८२ जना नेताले बोलेका थिए। त्यसमा अधिकांश नेताले प्रचण्डको विकल्प खोज्न हुने र नहुने बारेमा धारणा राखेका थिए। पार्टी संगठन र सञ्चालनको शैली हुँदै नभएको भन्दै प्रचण्डको आलोचना पनि गरिएको थियो।
नेताहरूको कुरा सुनेपछि अध्यक्ष प्रचण्डले अहिले नेतृत्व नछोड्ने कुरा प्रष्ट पारे।‘अहिले फ्याट्टै छोड्ने भन्दा पनि एउटा सिस्टम विकास गरेर नेतृत्वको टिमको तैयारी गर्नुपर्छ,’ उनले बैठकमा भने, ‘८२ जनाले बोल्दा एउटा राम्रो उर्जा प्राप्त भएको छ। यसले एउटा राम्रो दस्तावेजको आधार तैयार गर्यो।’