कांग्रेस वाग्मती प्रदेश समितिले तीजको दर खुवाउने

काठमाडौं ।नेपाली कांग्रेस वाग्मती प्रदेश समितिले हरितालिका तीजको अवसरमा प्रदेश अन्तर्गत १३ वटै जिल्लाका महिला संघ जिल्ला सभापति,पार्टी महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि एवं क्षेत्रका महिला सदस्यलाई सामुहिक दर खुवाउने भएको छ।

वाग्मती प्रदेश समितिले यो निर्णय गरेसँगै प्रदेश सहमहामन्त्री एवं महिला समिति प्रमुख जीवन डंगोलको संयोजकत्वमा तिजको दर खुवाउने आयोजक समिति बनाइएको छ। समितिले विभिन्न उपसमिति पनि गठन गरेको छ।जसअनुसार अर्थ समितिमा भद्रा पराजुली भण्डारी,स्वागतमा लक्ष्मी महर्जन,अतिथि संयोजनमा जमुना केसी,प्रतिवेदनमा गिता सिङ्खडा र विद्या बराल ,मनोरञ्जनमा बृन्दा थापा मगर,खाना ब्यबस्थापनमा इन्दिरा चौलागाईं र कार्यक्रमको प्रचारप्रसारको जिम्मेवारी प्रदेश सदस्य नानु दाहाल संयोजक सहित विद्या बराल र कल्पना नेपालीलाई दिइएको छ।

“परम्परा,संस्कृति र संस्कारको जगेर्ना गर्दै पहिचान,सशक्तीकरण र समृद्धिको कामना” भन्ने उद्घोष सहित आगामी भदौ १३ गते काठमाडौं बत्तीसपुतली स्थित अनुपम फुडल्याण्डमा कार्यक्रम आयोजाना गरिएको र प्रमुख अतिथि परराष्ट्र मन्त्री एवं पार्टी  नेतृ आरजु राणा देउवालाई निमन्त्रणा गरिएको प्रचारप्रसार समिति संयोजक नानु दाहालले जानकारी दिइन् ।

उक्त कार्यक्रममा प्रदेश सभापति एवं पुर्व गृह राज्यमन्त्री इन्द्र बानियाँ सहित प्रदेस पदाधिकारी तथा सदस्यको सहभागिता रहने छ। यसैगरी पार्टी केन्द्रिय सदस्य सहित अन्य बिशिस्ट ब्यक्तित्वलाई समेत आतिथ्यताको लागि निम्तो गरिनेछ।

वाग्मती प्रदेश अन्तर्गत १३ वटै जिल्ला, प्रदेस समिति र प्रदेश सरकारमा सहभागी मन्त्री एवं सांसदलाई समेत कार्यक्रममा उपस्थित हुन् र सफल बनाउन आग्रह गरिएको प्रचारप्रसार समिति संयोजक नानु दाहालले जानकारी दिइन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...