नेप्से साढे दुई वर्षायताकै उच्च बिन्दुमा, कारोबारको फेरि नयाँ रेकर्ड

काठमाडौं, २८ साउन । सेयर बजार परिसूचक नेप्से सोमबार ७० अंकले बढेको छ । साथै अघिल्लो दिन बनेको कारोबारको रेकर्ड एक दिनमै तोडिएको छ ।
सोमबार नेप्से परिसूचक ७०.८१ अंक बढेको छ र २९३१ अंकमा कायम भएको छ । यो अंक साढे दुई वर्ष यताकै अर्थात २०७८ माघयताकै उच्च हो ।
आज २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो आइतबार २५ अर्ब २७ करोडको कारोबार भएको थियो । कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा कुल १७१ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने ३ को स्थिर रह्यो ।
अधिकांश क्षेत्रका सूचक बढेका छन् । बैंकिङ २.९५, विकास बैंक ३.००, फाइनान्स ४.८१, होटल तथा पर्यटन २.९४, हाइड्रोपावर ३.४३, जीवन बीमा ५.८५, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा २.९७, अन्य १.०० तथा ब्यापार समूह ४.१३ प्रतिशत बढेका छन् । लगानी ०.१९ र उत्पादन समूह सूचक १. १९ प्रतिशत घटे ।

