इरानलाई हराउँदै नेपाल काभा भलिबलको फाइनलमा
काठमाडौं, २२ साउन । नेपाली महिला भलिबल टोली काभा महिला नेसन्स लिग भलिबलको फाइनलमा प्रवेश गरेको छ । मङ्गलबार भएको सेमिफाइनलमा इरानलाई सोझो सेटमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
नेपालले इरानलाई २५-२३, २७-२५ र २५-२० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो । यसअघि भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराउँदै भारत फाइनलमा पुगिसकेको छ ।
लिग चरणका ४ खेलमा ३ जित र १ हारको नतिजामा ९ अंक सहित नेपाल दोस्रो भएर सेमिफाइनल खेलेको थियो । लिग चरणमा नेपाल इरानसँगै पराजित भएको थियो ।