शेख हसिनाले बेलायतको शरण लिँदै, अहिले कहाँ छिन् ?
काठमाडौं, २२ साउन । आन्दोलन चर्किएर सेनाले शासन हातमा लिएपछि पदबाट राजीनामा दिएर देश छाडेकी बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले बेलायतमा शरण लिने भएकी छन् ।
आक्रमणकारी उनको निवासमै प्रवेश गर्न थालेपछि उनले राजीनामा दिएर हेलिकप्टरमार्फत देश छाडेकी हुन् । त्यसपश्चात् उनी भारतको गाजियाबाद नजिकैको हिन्डन एयरबेसमा अवतरण गरेकी थिइन् । उनलाई हिन्डन एयरबेसमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले स्वागत गरेका थिए ।
हसिना त्यहाँबाट लन्डन जाने कूटनीतिक स्रोतले जानकारी दिएको छ । त्यसका लागि बेलायतबाट स्वीकृति आउन बाँकी छ । उनी त्यतिन्जेलका लागि भारतमै रहने छिन् । उनलाई भारतले सुविधासहितको अस्थायी शरण दिएको छ ।
बङ्गलादेशमा अब सेनाले अन्तरिम सरकार बनाउने घोषणा गरिसकेको छ ।