बङ्गलादेशमा सेनाले अन्तरिम सरकार बनाउने

काठमाडौं, २१ साउन । सेनाले शासनसत्ता हातमा लिएसँगै अब बङ्गलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ ।

पत्रकार सम्मेलन गर्दै सेना प्रमुखले हिंसा अन्त्य गर्न आग्रह गरेका छन् । उनले भने, ‘हामी अन्तरिम सरकार बनाउने छौं । यसले बंगलादेशका लागि काम गर्नेछ । ’

राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारततर्फ गएको बताइएको छ । उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय