महिलालाई क्षमताको आधारमा अवसर दिनुपर्छ: नानु दाहाल

काठमाडौं, २० साउन । नेपाली कांग्रेस वाग्मती प्रदेश समिति सदस्य एवं युवा नेतृ नानु दाहालले राजनीतिमा महिलालाई क्षमताको आधारमा अवसर दिनुपर्ने बताएकी छिन् ।

परेवान्युजसँगको विशेष कुराकानीमा उनले महिलालाई प्रतिशतमा बाँढेर ३३ वा ५० प्रतिशत अधिकार दिइयो भन्नू भन्दा पनि कार्य कुशलता र नेतृत्व क्षमताको आधारमा जिम्मेवारी दिइनुपर्नेमा जोड दिइन् । कुनैपनि राजनीतिक आन्दोलन वा पार्टी गतिविधिमा महिला सहभागिता शतप्रतिशत हुने तर,जिम्मेवारी र अवसर दिँदा प्रतिशतमा झार्ने कुरा दु:खद भएको समेत बताइन् ।

बर्तमान सत्ता समीकरणलाई जनताका मुद्दा छाडेर सत्तामुखी मात्रै हुने छुट नभएको भन्दै उनले यो समीकरणले जनतामा आशा पलाएको र कांग्रेसले जनतालाई निराश हुन नदिने पनि औंल्याईन् ।

उनले नेपाली कांग्रेसले सधैं जनताको मुद्दामा ध्यान दिएको तर, गठबन्धन गरेर कांग्रेसकै भोटबाट चुनाव जितेका दलले जनता झुक्याउने गरेको समेत बताइन् ।नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेकोले पनि कांग्रेसले जनताको मुद्दा  छाड्न नमिल्ने उनको तर्क थियो।

हेरौं उनिसँगको भिडियो वार्ता:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय