पशुपतिमा थामिनसक्नु भीड ! (तस्वीरहरु)

प्रतिक भट्ट

काठमाडौं, १९ साउन । पशुपतिनाथ क्षेत्रमा अहिले महायज्ञ तथा कोटीहोम चलिरहेको छ । साउनको अन्त्यसम्म चल्ने कोटीहोम तथा महायज्ञमा दैनिक सयौंको संख्यामा भक्तजनहरु आउने गरेका छन् ।

त्यसमाथि पनि पशुपतिनाथ दर्शन गर्नेमानिसहरुको त पहिल्यैदेखि बाक्लो भीड लाग्ने गरेकै छ । शनिबारको दिन अर्थात् बिदाको दिन पशुपतिनाथ मन्दिर र मन्दिर क्षेत्रमा आउने मानिसको संख्या ह्‍वात्तै बढ्ने गर्छ ।

पशुपतिनाथमा हरेक साँझ हुने सन्ध्या आरती हेर्न ठुलो संख्यामा मानिसहरु उपस्थित हुने गर्छन् । शनिबार साँझ पनि पशुपतिमा ठुलो भीड देखिन्थ्यो । खुट्टा टेक्ने ठाउँ मुस्किलले भेटिन्थ्यो भने प्रहरीलाई भीड सम्हाल्न हम्मे हम्मे नै परेको थियो ।

तस्वीरहरु हेरौं:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...