चलचित्र विकास बोर्डको अध्यक्ष हुने दाउमा करिष्मा

काठमाडौं। नायिका करिष्मा मानन्धर (सुर्यकुमारी केसी)चलचित्र  विकास बोर्डको अध्यक्ष बन्ने दाउमा रहेको तथ्य खुलेको छ। बोर्डको अध्यक्ष हुन करिष्माको दौडधुप रहेको एमाले नेताहरु समेत स्वीकार्छन् ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सूचना प्रबिधि एवं संचार मन्त्री पृथ्वीसुब्बा गुरुङ समेत नायिका करिश्मा मानन्धरलाई बोर्ड अध्यक्ष नियुक्ती गर्ने तयारीमा रहेको बुझिएको छ। यद्यपि एमालेको राजनीतिमा सक्रिय रहेका दिनेश डिसी, दयाराम दाहाल र सुनिल मानन्धर पनि अध्यक्षका दावेदार रहेको बुझिएको छ।

तर,प्रधानमन्त्री ओलीले करिषमालाई नै सो पदमा नियुक्त गर्नको लागि सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरूङलाई निर्देशन दिएको स्रोतको भनाइ छ। एमाले निकट कलाकारहरुले भने करिषमा भन्दा दिनेश डीसीलाई अध्यक्ष बनाउन दबाब दिएका छन् । सो पदका लागि सार्बजनिक दरखास्त आव्हान समेत गरिएको छ। यसअघिका अध्यक्ष अभिनेता भुवन केसीको समय सकिएपछि बोर्ड अध्यक्ष नियुक्तिको लागि प्रक्रिया सुरु भएको हो।

नायिका करिष्मालाई अध्यक्ष बनाउन पूर्व सांसद कोमल वलीले प्रधानमन्त्री ओलीसमक्ष लबिङ गरेको बुझिएको छ भने दिनेश डिसीका लागि एमाले उपमहासचिव एवं हाल प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले प्रस्ताव राखेको बुझिएको छ ।

नयाँ शक्ति पार्टी छाडेर एमाले प्रवेश गरेकी नायिका करिष्मालाई नै अध्यक्ष बनाउन प्रधानमन्त्री ओली सकारात्मक देखिएकोले दिनेश डीसी बाहेक अन्य दाबेदारले भने लबिङ गर्न सकेका छैनन् । लबिङ कै लागि संचार मन्त्री पृथ्वीसुब्बा गुरुङलाई समेत भेटेर करिष्माले  बोर्डको अध्यक्षमा आफू इच्छुक रहेको बताइसकेको बुझिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...