रेखा थापाको ‘काली-२’ मा दयाहाङ !
नायिका रेखा थापाको नयाँ चलचित्र ‘काली २’ मा अहिलेका सर्वाधिक सफल र ब्यस्त अभिनेता दयाहाङ राईले पनि अभिनय गर्दैछन् ? यसको जवाफ रेखा र दयाले बाहेक अरुले दिन सक्दैनन् ।

तर,नायिका रेखा थापाले आइतबार नायक दयाहाङ राई संगको तस्वीर साझा गरेकी छन् । दुई जनाको तस्वीर आफ्नो फेसबुकमा राख्दै रेखाले केही नयाँ हुने संकेत गरेकी हुन् । यद्यपि यसबारेमा कसैले मुख खोलेका छैनन् ।

चलचित्र ‘उपहार’मा एकसाथ काम गरेका नायिकाद्धय रेखा थापा र पूजा शर्माले नयाँ फिल्म ‘काली २’मा फेरि सहकार्य गर्ने भएका हुन् । काली रेखा थापाको सफल चलचित्र हो। जसले नायिका थापालाई हिम्मतवाली नायिकाको ट्याग दिएको थियो।
रेखा अमेरिकाबाट फर्के लगत्तै नायिका पूजा शर्माले ‘काली २’ निर्माणको घोषणा गरेकी हुन् । एक महिना अघि फिल्म ‘दान्भी’चलिरहेको बेला नै नायिका पूजाले रेखा थापासँग मिलेर ‘काली २’ बनाउन लागेको घोषणा गरेकी थिइन् ।
पूजाले भनिन्–‘रेखा दिदी र मेरो यो बिषयमा फाइनल कुरा भएको हो । अब, हामी काली २ बनाउने तयारीमा छौं । दर्शकले अब केही समय प्रतीक्षा गर्नुपर्नेछ ।’